Widgets

Home » » ह्याङ कम गर्न हुक्का तानीन् झरनाले

ह्याङ कम गर्न हुक्का तानीन् झरनाले

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

jharna thapa



एक समय नम्वर वान नायिकाको रेशमा दौडीएकी झरना थापाका पछिल्ला दिनहरुले विपरीत ध्रुवमा यात्रा गरिरहेका छन् । झरना अभिनित सिनेमाहरुले हलमा निराशा मात्रै वेहोर्नु परिरहेको छ । होम प्रोडक्सनको सिनेमा 'फेसबुक' ले आशातीत व्यापार गर्न नसकेपछि झरनाको सिने करिअरले विश्राम लिन खोजेको विश्लेषण सिने नगरीमा नभएको होइन् । कारण 'फेसबुक' मा झरनाको लागी प्रशस्त स्थान दिइएको थियो । झरनाले होम प्रोडक्सनको सिनेमा असफल सावित भएपछि 'एक्सन' बाहेक अन्य कुनै पनि सिनेमामा टेक दिएकी छैनन् । र, अपकमिङ प्रोजेक्ट 'नो स्मोकिङ' बाहेक अन्य प्रोजेक्टहरुमा उनले तत्काल साइन गरेकी छैनन् । प्रदर्शनमा आएका सिनेमाको असफल व्यापार अनि हातमा शून्य सिनेमा भएपछि झरनाको मन अहिले वश भन्दा बाहिर उडेको छ । सिने नगरीमा सोझी भनेर चिनिएकी अर्थात् खासै स्क्यान्डलमा नमुछिएकी नायिका झरनाले पछिल्ला दिनहरुमा देखिएका टेन्सनलाई कम गर्न हुक्काको साहरा लिएकी छिन् । झरनाले केही समय अगाडी पोखराको एक होलमा बसेर हुक्का तान्दै मनका पिरहरुलाई धुँवासँगै उडाइदीइन् । रेखा थापालाई गाँजा तान्न विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मर्वैताले सघाए जस्तै झरनालाई हुक्का तान्न उनका निर्माता पति सुनिल कुमार थापाले सघाएका छन् । आखिर निर्माता सुनिल कुमारसँग पनि त 'फेसबुक' को ह्याङ बाँकी नै छ । झरनाले हुक्का तानेको तस्बिर हेर्दा लाग्छ उनको मनमा ठुलै पिरले वास लिएको छ । झरनाले मनको पिरलाई माइनस गर्न हुक्का तानिन वा चर्चा कमाउने वाहानामा सोखले ? यो कुरा स्वमय झरनालाई नै थाहा होला । तर झरनाले हुक्का तान्नु अघि धुमपानजन्य पदार्थ स्वास्थ्यको लागी हानिकारक छ भन्ने कुरा स्मरण गरेको भए राम्रो हन्थ्यो कि
jharna thapa

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger