Widgets

Home » » भारतमा एकै परिवारका पाँचजना नेपालीले आत्मदाह गर्दा तीन जनाको मृत्यु। फोटो र भिडियो सहित

भारतमा एकै परिवारका पाँचजना नेपालीले आत्मदाह गर्दा तीन जनाको मृत्यु। फोटो र भिडियो सहित

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


भारतको गुजरातमा तीन नेपालीले आत्मदाह गरेका छन्। बुधबार दिउँसो राजकोट महानगरपालिका कर्पोरेशन परिसरमा अछाम स्थायी घर भएका एकै घरका तीन नेपालीले आत्मदाह गरेका स्थानीय पत्रकार प्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार आत्मदाह गर्न खोज्ने परिवारका दुई सदस्य गम्भीर छन्। पौडेलका अनुसार अछाम कालागाउँ- ५, बाम्नगाउँका ४० वर्षीय भरत विश्वकर्मा, ३५ वर्षीय गिरिश विश्वकर्मा र आशादेवी विश्वकर्माको मृत्यु भएको छ। उनीहरु ३५ वर्षदेखि राजकोट महानगरपालिकाको गान्धीग्रामस्थित छोटुनगरमा बस्दै आएका थिए। बासमतीदेवी र रेखादेवीको अवस्था गम्भीर रहेको पौडेलले बताए। उनीहरुको स्थानीय दिनदयाल अस्पतालमा उपचार भइरहेको छ। आत्मदाह प्रयास गरेकी कान्तादेवी र गौरादेवीलाई स्थानीयले शरीरमा आगो लगाउने क्रममा बचाएका बताइएको छ। महानगरपालिकाले उनीहरु बस्दै आएको
ठाउँलाई खाली गराउन पटक-पटक मानसिक दवाव दिएपछि विश्वकर्मा परिवारले आत्मदाह गरेको राजकोटमा काम गर्दै आएका भीम तिरुवा बताए। उनका अनुसार महानगरपालिकाले केही दिनअघि

विश्वकर्मा परिवार बस्दै आएको घरको पानीको लाइन काटेको थियो। महानगरपालिकाले एक वर्षदेखि विश्वकर्मा परिवारलाई हट्न दवाव दिँदै आएको थियो। आत्मदाहअघि सातै जनाले घरबाट शरीरमा मट्टीतेल खन्याएर महानगरपालिका परिसरमा प्रवेश गरेका थिए। बिहीबार साँझसम्म आफन्तले मृतकको शव बुझ्न नमानेका भीमले जानकारी दिए। उनका अनुसार घटनापछि राजकोटमा नेपाली समुदाय र भारतीय कांग्रेस पार्टीले प्रदर्शन गरेको छ। विश्वकर्मा परिवारलाई आत्मदाह गर्न बाध्य पारेको भन्दै विरोधमा उत्रिएका नेपाली समुदाय र साथ दिइरहेको कांग्रेस पार्टीका कार्यकर्ताले एक सरकारी बसमा आगो लगाएका भीमले बताए। भरत र गिरिशका बुवा मानसिंह चालिस वर्षअघि छोटुनगर सोसाइटीमा सुरक्षागार्डको रुपमा काम गर्न गएका थिए। त्यसको केही वर्षपछि सोसाइटीले विश्वकर्मा परिवारलाई बस्नको लागि जमिन दिएको थियो। उनीहरुले उपभोग गर्दै आएको सोही जमिन खाली गराउन खोज्दा विश्वकर्मा परिवारले आत्मदाह गरेको आफन्तले

बताएका छन्। घटनाबारे भारतका स्थानीय दैनिक पत्रिकाहरुले समाचार कभरेज गरे पनि नेपालीले आत्मदाह गरेको कुरालाई त्यति महत्व नदिएको पत्रकार पौडेलले बताए। 'हामीले त नेपालीको पुर्ख्यौली घर पत्ता लगाएर महत्वका साथ समाचार छापेका छौँ,' उनले भने, 'अन्य भारतीय पत्रिकाले भने आत्मदाह गरेर तीन

व्यक्तिको मृत्यु भएको कुरालाई सामान्य रुपमा समाचार छापेका छन्।' गुजराती दैनिक 'सन्देश'ले आफ्नो वेवसाइटमा पनि समाचार राखेको छ। भीमले घटनाबारे दिल्लीस्थित नेपाली दुतावासमा जानकारी भए पनि हालसम्म घटनास्थलमा कोही नआएको बताए। 'टिभीमा त दुतावासका मान्छे आउँदैछन् भनेर बोलेका सुनेको थिएँ,' बिहीबार साँझ उनले नागरिकसँग भने, 'तर अहिलेसम्म कोही आइपुगेका छैनन्।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger