Widgets

Home » » भ्रमण सोचेभन्दा सफल: कोइराला

भ्रमण सोचेभन्दा सफल: कोइराला

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

sushil koirala

नयाँ दिल्ली, श्रावण २२ - भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तामा औपचारिक भारत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाले सोमबार भारतीय प्रधानमन्त्री सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेश सचिव सुजाता सिंहसँग भेटवार्ता गरेका छन् । मंगलबार कांग्रेस गठबन्धन नेतृ सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, विपक्षी दलकी नेतृ सुष्मा स्वराजसहितसँग भेटवार्ता गर्दैछन् । पार्टीका महामन्त्रीद्व प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई साथमा लिएर दिल्ली पुगेका कोइरालाले भ्रमण सोचेभन्दा सफल भएको बताएका छन् । भारत भ्रमण कस्तो भइरहेको छ ? निकै व्यस्त छु । भेटघाट जारी छन् । आज प्रधानमन्त्री मनमोहन सिंहसँग वार्ता भयो, अर्थपूर्ण कुराकानी भए । भ्रमण उपलब्धिमूलक छ, अपेक्षा गरेभन्दा सफल । लक्ष्मणपुर बाँधको कुरा उठाउने भन्नुभएको थियो । सिंहसँग त्यस्तो कुरा भयो ? मैले नेपाल-भारत सीमावर्ती क्षेत्रमा देखिएको बाढीपहिरोको प्रकोपबारे कुरा उठाएँ । दुवै देशको हितमा रहने गरी प्राकृतिक विपत्ति रोक्ने काम थाल्न सुझाएको छु । एक महिनाकै अन्तरमा कांग्रेसकै देउवापछि तपाईं आउनुभएको छ । किन यसरी दोहोरिँदै निम्ता गएको हो ? होइन, नेपाली कांग्रेससँग भारतको सम्बन्ध विशिष्ट छ, ऐतिहासिक महत्त्वको छ । यसरी भ्रमण भइरहनु अन्यथा होइन । देउवाजी पूर्वप्रधानमन्त्रीका हैसियतमा आउनु भएको हो, म पार्टी सभापतिका रूपमा । भनेपछि पार्टीगत भ्रमण हो यो ? देउवाजी आएर द्वैपक्षीय सम्बन्ध सुधार्ने पक्षमा काम भएको हो, म पनि द्वैदेशीय चासो र सम्बन्धका विषयमा केन्दि्रत छु । यसअघि पनि तपाईंलाई भारत भ्रमणमा बोलाइएको थियो । तर तपाईं भारतसँग रुष्ट रहेकाले आउन नचाहेको भन्ने टिप्प्णी हुने गरेको छ नि ? त्यसो होइन । म भारतसँग कहिल्यै रुष्ट छैन । मेरो छवि बिगार्न गरिएको यो दूषित प्रचार मात्रै हो । यसको कुनै अर्थ छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger