Widgets

Home » » बर्ड फ्लू नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

बर्ड फ्लू नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० साउन, काठमाडौं । सरकारले बर्ड फ्लू नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन सम्वद्ध अधिकारीहरुलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले स्वास्थ र कृषिमन्त्रीसँग छलफल गरी बर्ड फ्लू रोग नियन्त्रणमा सरकारी तहबाट भैरहेका प्रयास र त्यसको पछिल्लो अवस्थाबारे जानकारी लिनु भएको छ । अध्यक्ष रेग्मीले बर्ड फ्लूको नियन्त्रण र उक्त रोगको संक्रमण फैलन नदिन हरसम्भव उपाय अपनाउन र नियन्त्रणको लागि सबै प्रयास अवलम्बन गर्न पनि निर्देशन दिएको उहाँका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो । रोग नियन्त्रणको कामलाई उच्च प्राथमिकतामा राख्न एवं कार्यान्वय अवस्थाको प्रभावकारी अनुगमन र निगरानी गर्न समेत मन्त्रिपरिषद् अध्यक्षले आग्रह गर्नुभएको छ । पछिल्ला दिनमा राजधानीका विभिन्न कुखुरा र्फममा बर्ड फ्लू देखा परेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger