Widgets

Home » » डाक्टरको परीक्षामा ७२ अनुत्तीर्ण

डाक्टरको परीक्षामा ७२ अनुत्तीर्ण

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


२० साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिल -एनएमसी) ले शनिबार लिएको चिकित्सक अनुमतिपत्र परीक्षाको एमबिबिएसतर्फ (मेडिसिन) ७२.५ प्रतिशत र ब्याचरल इन डेन्टल स्टिडिजतर्फ (बिडिएस) ८० प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलका अध्यक्ष डा दामोदर गजुरेलले दिनुभएको जानकारीअनुसार स्वदेशी तथा विदेशी परीक्षार्थी गरी एमबिबिएसतर्फ ५३५ जना चिकित्सक परीक्षामा सामेल भएकामा ७२ जना अनुत्तीर्ण भए । त्यसैगरी बिडिएसतर्फ १०८ जना परीक्षार्थी सहभागी भएकामा १३ जना अनुत्तीर्ण भए । विगतका तुलनामा यस पटक धेरै परीक्षार्थीले अनुमतिपत्र परीक्षामा सफलता पाएका छन् । एमबिबिएस तथा बिडिएस अध्ययन पूरा गरेका चिकित्सक अनुमतिपत्र परीक्षामा उनुत्तीर्ण भएमा उनीहरुले पेसा व्यवसाय सञ्चालन गर्न पाउँदैनन् । काउन्सिलले स्वदेश तथा विदेशमा विशेषज्ञता (एमडी) उपाधि हासिल गरेका चिकित्सकका लागिसमेत यस्तो परीक्षा सञ्चालन गर्दैआएको छ । चिकित्सकको सङ्ख्याका आधारमा काउन्सिलले वर्षको तीनदेखि चारपटकसम्म परीक्षा सञ्चालन गर्ने गर्दछ । मानव स्वास्थ्य जाँचमा दक्ष चिकित्सक नहँुदा बिरामीको अकालमै ज्यान जाने भएकाले गुणस्तरीय चिकित्सकले मात्र स्वास्थ्य जस्तो संवेदनशील पेसा व्यवसाय सञ्चालन गरुन् भन्ने हेतुले यस्तो परीक्षा सञ्चालन गर्ने गरिएको काउन्सिलले जनाएको छ । निष्पक्ष तथा विश्वसनीयरुपमा परीक्षार्थीका उत्तरपुस्तिका जाँच गर्न परीक्षार्थीलाई काउन्सिलले नै समान रुप तथा रङ्गका मसी भएका कलम परीक्षाहलमा उपलब्ध गराउने गरेको छ भने उत्तरपुस्तिका मेसिनद्वारा जाँचिने व्यवस्था गरेको छ । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger