Widgets

Home » , » चीनमा बन्दैछ ६ सय ३० मिटर टावर

चीनमा बन्दैछ ६ सय ३० मिटर टावर

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
 चीनको सबैभन्दा अग्लो टावर बनाएको छ । विश्वको दोस्रो अग्लो भवन शांघाई टावर लगभग तयार भएको छ ।
आकास छोइएला झै अग्लो भवनको अन्तिम बीम राखिएकोमा खुसी मनाइएको छ । अन्तिम बीम राखिएपछि शांघाई टावरले औपचारिक रुपमा ताइवानको ५ सय ९ मिटर अग्लो ‘ताइपे १०१’ एसियाको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा गर्नेछ ।
shanghai tower
निर्माण पूरा हुँदा यसको उचाई ६ सय ३० मिटरभन्दा बढी हुनेछ । जुन विश्वको सबैभन्दा अग्लो भवन हुनेछ । तर, यो विश्वकै अग्लो दुबईको बुर्ज खलीफाभन्दा करिव २ सय मिटर होचो हुनेछ । बुर्ज खलीफाको उचाई लगभग ८ सय ३० मिटर छ ।
चीनमा आर्थिक विकासका क्रममा व्यापारिक केन्द्र बनेको शांघाईमा यो नयाँ भवनहरुको समूहमा अन्तिम समूह हुनेछ । यो चीनको लौजियाशुई फाइनान्स एण्ड ट्रेड जोनमा बनेको छ । जसमा शांघाई वल्र्ड फाइनान्सियल सेन्टर र जिन माओ टोवर बनेको छ ।
शांघाई टावर बनाउन लगभग २.४ अरब डलर लागेको छ । यो २०१४ मा बनिसक्नेछ । यसको निर्माण २००८ मा शुरु भएको थियो । यसको डिजाइन अमेरिकी कम्पनी जेंसेलरले बनाएको हो । शांघाई टावरमा हारामदायक होटलदेखि संग्राहलयसम्म हुनेछ । -बीबीसी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger