Widgets

Home » » खुमबहादुरले जेलबाट निस्केपछि ४० हजार टिसर्ट बाँड्ने

खुमबहादुरले जेलबाट निस्केपछि ४० हजार टिसर्ट बाँड्ने

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० साउन, काठमाण्डौं । भ्रष्टाचार कसुरमा सदरखोर डिल्लीबजारमा जेलजीवन विताइरहेका कांग्रेस नेता खुमबहादुर खड्का छुट्न अझै दुई महिनाभन्दा बढी समय बाँकी छ । तर, जेलबाट छुट्दा उनको स्वागतका लागि अहिलेदेखि नै सहयोगीले तयारी थालेका छन् ।
khum-bdr-khadkaखड्काको स्वागत गर्न आउने कार्यकर्तालाई बाँड्न उनका सहयोगीले ४० हजारवटासम्म टिर्सट बनाउँदै छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले खड्काको स्वागतमा आउने सबै कार्यकर्तालाई टिसर्ट वितरण गर्न तयारी भएको बताए ।
भ्रष्टाचार कसुरमा डेढ वर्षको कैद सजाय पाएका खड्का आगमी २६ असोजमा छुट्दैछन् । खड्काले नै आफ्नो स्वागतमा आउने कार्यकर्तालाई टिसर्ट बाँड्ने तयारी गर्न निर्देशन दिएका थिए । उनका सहयोगीको मद्दतमाम आफ्नो पक्षमा जनमत देखाउमा रिहाइको दिन ५० हजारभन्दा बढी कार्यकर्ता उत्तार्ने खड्काका सहयोगीहरुको दाबी रहेको नयाँ पत्रिकामा खबर छ ।
व्यापारीको पैसामा टिसर्ट
खड्काको स्वागतमा वितरण गरिने टिसर्ट बनाउन व्यापारीहरुले पैसा दिएका छन् । उनकै गृहजिल्लाका व्यापारीले १५ हजार टिसर्ट बनाउन पैसा दिएको एक विद्याथी नेताले जानकारी दिए । खड्का निकटका नेताहरुले पनि टिसर्ट बनाउन थप पैसा जुटाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger