Widgets

Home » » काठमाण्डौंबाट ढाका गएको जहाजमा १२४ किलो सुन

काठमाण्डौंबाट ढाका गएको जहाजमा १२४ किलो सुन

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


२० साउन, काठमाण्डौं । बंगलादेशको आर्म पुलिस बटालियनले काठमाण्डौंबाट गएको विमान बंगलादेशबाट एक सय २४ किलो सुन बरामद गरेको छ । यही साउन ९ गते ढाकास्थित शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेपछि विभिन्न आकारका एक हजार ६५ थान सुनका टुक्रा बाँधेर राखेको अवस्थामा जहाजभित्रैबाट बरामद गरिएको थियो । अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको सुन जडानका माध्यमबाट आएको भन्दै बंगलादेश सरकारले आन्तरिक छानविन गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । नेपाल सरकारले भने यसबारे साउन १७ गतेमात्र जानकारी पाएको थियो । ढाकास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै काठमाण्डौंबाट ढाका पुगेको जहाजमा ठूलो मात्रामा सुन फेला परेको जानकारी गराएको थियो । पत्र आएपछि गृह मन्त्रालयले त्यत्रो परिमाणको सुन कसरी उक्त जहाजमा गयो भन्नेबारे अनुस्न्धान गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । साउन १८ गते गृहले प्रहरीलाई लेखेको पत्रमा ‘सो घटनाबारेमा तत्काल अनुसन्धान गरी प्रतिवेदन पेस गर्न’ आदेश दिएको छ । परराष्ट्रमा दूतावासबाट प्राप्त रिपोर्टअनुसार काठमाण्डौंबाट उडेको उक्त जहाज बंगलादेशको समयअनुसार दिउँसो २:३० बजे ढाका विमानस्थलमा अवतरण गरेको थियो । यात्रु सबै ओर्लिदासम्म सुन नदेखिएको तर जहाज मर्मतका लागि ह्यांगरमा लगिएपछि मात्र बंगलादेशी सुरक्षाकर्मीले देखेको बताइएको छ । अबैध सुनबाट अढाई महिनामै साढे २३ करोड राजस्व अवैध सुन पक्रेर सरकारले दुई महिनामै २३ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको अन्तिम दुई महिनामा मात्र राजस्व अनुसन्धान विभागले ५१ किलो अवैध सुन बरामद गरेको हो । विभागका अनुसार जेठ महिनामा १६ र असारमा ३५ किलो अवैध सुन बरामद भएको थियो । तोलामा करिब ३ हजार रुपैयाँ नाफा हुने भएपछि अहिले सुनको तस्करी ह्वात्तै बढेको कान्तिपुर दैनिकमा खबर छ । सुन व्यवसायीका अनुसार महसुलको अन्तर र भारतीय रुपैयाँ -भारु) को अभावका कारण सुन तस्करी बढेको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger