Widgets

Home » » शीर्षस्थानमा पर्छन लन्डनमा नेपाली रेस्टुरेन्ट

शीर्षस्थानमा पर्छन लन्डनमा नेपाली रेस्टुरेन्ट

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० साउन, काठमाण्डौं । लन्डनमा २ सय ८० माइल टाढा रहेको पर्यटकीय सहर कर्नवालमा रेस्टुरेन्ट चलाइरहेका राजु आचार्यको व्यस्तता खचेल निकै बढी छ । स्कुल बिदा र समर सिजनसँगै बढ्दो गर्मीले समुन्द्र छेउको उनको रेस्टुरेन्ट मालामाल छ । ५२ सिट क्षमताको रेस्टुरेन्टमा दैनिक सयभन्दा बढीले खान्छन् । होलिडे स्पट र क्याराभानका लागि दैनिक सयजनालाई ‘टेक वे’ खाना मात्र उपलब्ध गराउँछ रेस्टुरेन्टले । ‘शनिबार आइतबार करिब ३ सयसम्मलाई ख्वाइनछ,’ एक दशकयता कर्नवालमा काठमाण्डौं प्यालेस रेस्टुरेन्ट चलाइरहेका आचार्यले भने, ‘यतिखेर निकै व्यापार वृद्धि भएको छ ।’ बेलायतको लोकपि्रय पत्रिका इन्डिपेन्डेन्टको सर्वेक्षणमा टप ५० मध्ये १६ औं स्थानमा पर्न सफल उक्त रेस्टुरेन्टमा ग्राहक बढ्नुमा समर सिजन र गुणस्तरीय खाना ठान्छन् आचार्य । कर्नवालमै सञ्चालित नेपालीका अरु चार रेस्टुरेन्टले समेत उच्च व्यापार गरिरहेको आचार्यले बताए । समुन्द्री किनारका रेस्टुरेन्टमा भ्याइनभ्याई भए पनि लन्डन सहरभित्रका रेस्टुरेन्ट भने सुनसान रहेको नेपलिज क्याटरिङ एसोसिएसन युके अध्यक्ष बिजय थापाले बताएको कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger