Widgets

Home » » सहसचिवलाई सचिवभन्दा माथिको पद !

सहसचिवलाई सचिवभन्दा माथिको पद !

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ साउन, काठमाण्डौं । सहरी विकासमन्त्री छविराज पन्तले सहसचिवलाई सचिवभन्दा माथिको पदमा नियुक्ति दिएका छन् । सहरी विकाससचिव किशोर थापामातहत रहेर काम गरिरहेका सहसचिव नारायणप्रसाद रेग्मीलाई राज्इमन्त्रीसरहको अधिकारसम्पन्न बागमती एकीकृत सभ्यता विकास समितिको अध्यक्षमा नियुक्ति दिइएको हो । रेग्मीले सोमबार समितिअध्यक्ष पद ग्रहण गरे । रेग्मीसहित बोर्डका १९ सदस्य हाजिर हुने भनिए पनि सोमबार रेग्मीसहित तीनजनाले मात्र हाजिर गरे । बागमती प्रभावित गाविसका प्रतिनिधिलाई बोर्ड सदस्यबाट हटाएर मन्त्री पन्तले आफूनिकटका सदस्य नियुक्त गरेको भन्दै स्थानीयले बिरोध गरेपछि बोर्डका सबै सदस्य हाजिर गर्न गएनन् । बोर्डबाट हटाउको भन्दै स्थानीयले समितिको कार्यालयमा तालाबन्दी गर्ने चेतावनीसहितको आन्दोलन सुरु गर्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा सचिव थापालाई नै जिम्मेवारी दिने निर्णय गरेपनि मन्त्री पन्तले सचिव थापालाई हटाएर सहसचिव रेग्मीको नाममा निर्णय गराएका थिए । असार मसान्तमा महेश बस्नेत पदावधि सकिएपछि समितिको अध्यक्ष पद खाली रहँदै आएको थियो । अध्यक्ष रेग्मीको पदावधि दुई वर्षको हुने नयाँ पत्रिकामा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger