Widgets

Home » » तस्कर छुटाउन जेलबाटै नेताको फोन

तस्कर छुटाउन जेलबाटै नेताको फोन

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ साउन, काठमाण्डौं । उनी आफै भ्रष्टाचारको अभियोगमा जेलमा छन् । र, भित्रैबाट वन्यजन्तुका अंग ओसारपसार गरेको आरोपमा जेल परेका बन्दी छुटाउन दबाब दिन्छन् ।
khum-bdr-khadkaअभियुक्त छुटाउन फोनबाट दबाब दिनेमध्ये एक हुन्, नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का ।
खड्का मात्र नभई वन्यजन्तुका अंग ओसारपसारसम्बन्धी अभियोग लागेका बन्दी छुटाउन मन्त्रिपरिषद कार्यालय, काँग्रेस नेता बलबहादुर केसी, पूर्व मन्त्रीहरुलगायतबाट समेत दबाब आइरहेको वन कार्यालयका कर्मचारी बताउँछन् । दबाबब बढ्नुमा शक्तिकेन्द्रसँग कुनै न कुनै रुपले सम्पर्क र सम्बन्ध भएका व्यक्ति वन्यजन्तुका अंग ओसारपसारमा संलग्न हुनु नै मुख्य कारण भएको उनीहरुको भनाई छ । ‘दुर्लभ वन्यजन्तुका अंग ओसारपसारको अभियोग लागेका व्यक्ति निर्दोष हुन् भन्दै छाड्न थुप्रै शक्तिकेन्द्रबाट दबाब आउँछ,’ जिल्ला वन स्रोतले भन्यो, ‘यस्तो दबाब जेलभित्रैका बन्दी, त्यसमाथि कांग्रेस नेता खुमबहादुर खड्काबाट आउँदा हामी चकित परेका छौं,’- नागरिक दैनिकमा खबर छ ।
काठमाण्डौं जिल्ला वन कार्यालय स्रोतका अनुसार खड्काले दुर्लभ वन्यजन्तु ध्वाँसे चितुवाका छालासहित पक्राउ परेका दुईजनालाई छुटाउन जेलबाटै दबाब दिएका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger