Widgets

Home » » नेपालले स्याटलाइट नराखेपछि विदेशीको अवरोध

नेपालले स्याटलाइट नराखेपछि विदेशीको अवरोध

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ साउन, काठमाण्डौं । सरकारी बेवास्ताका कारण नेपालले भूउपग्रह (स्याटलाइट) राख्न अन्तरिक्षमा पाएको ठाउँलाई अवरोध पुग्ने गरी अरु मुलुकले स्याटलाइट छाडिसकेको पाइएको छ । नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)सँग नियमित सम्पर्क नगर्दा नगरी वेवास्ता गर्दा यस्तो अवस्था आएको हो । ‘नेपालका लागि आईटीयूले छुट्याईदिएको अर्बिटल स्लटमा अवरोध हुने गरी धेरै स्याटलाइट छाडिसकेका छन्,’ सञ्चार मन्त्रालयका एक उच्च अधिकारीले भने,’आईटीयूसँग नियमित सम्पर्क स्थापित गरेर उसले देखाएको चासोलाई बेवास्ता गर्दा यस्तो अवस्था आएको हो ।’ आइटीयूले आफ्ना सदस्य राष्ट्रलाई छुट्याएको अर्बिटल स्टलनजिकै अरुले स्याटलाइट छाड्न लाग्दा सम्बन्धित मुलुकलाई पत्राचार गरी प्रक्रिया माग्ने गरेको छ । यसरी पत्राचार गरेपछि सम्बन्धित मुलुकले आफ्नो अर्बिटल स्लटनजिकै अर्कोले स्याटलाइट राख्दा कुनै असर नपर्ने जानकारी गराएपछि मात्र स्याटलाइट छाड्नदिने गरेको अन्नपूर्ण पोस्टमा खबर छ । तर, सम्बन्धित मुलुकले यस्तो पत्रको तीन महिनाभन्दा बढी समयसम्म पनि जवाफ नपठाए त्यसलाई स्वीकार गरेको मानी आइटीयूले स्याटलाईट राख्न चाहनेलाई अनुमति दिनसक्ने व्यवस्था छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger