Widgets

Home » , » जन्मदिनमा आर्यनलाई प्रेमिका नै प्यारो, सम्पर्क विहिन भएर के गर्दैछन् सिग्देल ?

जन्मदिनमा आर्यनलाई प्रेमिका नै प्यारो, सम्पर्क विहिन भएर के गर्दैछन् सिग्देल ?

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यतिबेला नायक आर्यन सिग्देलको वरपर आफ्नै प्रेमिका मात्र घुमिरहेकी छिन् । सोमबार आर्यन आर्यन आफ्नो २८ औ जन्मदिन मनाउँदैछन् । हरिबहादुर सिग्देलबाट सिने नगरीमा आएसँगै आर्यन सिग्देल बनेका उनी सोमबार बेलुकी सानो पार्टी दिने तयारीमा पनि छन् ।तर आर्यन सोमबार परेको आफ्नो जन्मदिनमा प्रेमिकाको साथमा मात्र रहन चाहेका छन् । यसैले पनि आर्यन मोबाइलको स्विच अफ गरेर प्रेमिकासँगै रमाएको वुझिएको छ । सोमबार बिहान चलचित्र ‘महुशश’ युनिटसँग सामान्य सपिङ गरेका आर्यन त्यसपछि कसैको पनि सम्पर्कमा आउन चाहेका छैनन् । उनका लागि महुशश युनिटले सोमबार बेलुकी पार्टी दिने तयारी गरेको छ ।मध्यरातमा नै प्रेमिका र आफ्नो नामको पहिलो अक्षरले बनाइएको मैनवत्तीको बिचमा केक राखेर आर्यनले जन्मदिन मनाएका थिए । प्रेमिका सपना भण्डारीको नामको पहिलो अक्षर एस र आफ्नो नामको पहिलो अक्षर ए लाई यो जोडीले मैनवत्तीको उज्यालोमा सिंगारेको छ । चलचित्र ‘किस्मत’बाट नेपाली सिने नगरीमा डेब्यू गरेका चकलेटी हिरोले यसपश्चात केही सफल र धेरै असफल सिनेमा खेलेका छन् । उनको ‘कसले चोर्यो मेरो मन’, ‘मेरो एउटा साथी छ’ संझनलायक सिनेमा हुन् । हालै मात्र दबाब सिनेमाको असफलताले निराश आर्यनका लागि यो बर्ष महशुश, लोफर, मधुमास, नोभेम्बर रेन उमंग बनेर आउने विश्वास गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger