Widgets

Home » , » गाउँले केकीले जितिन् मन

गाउँले केकीले जितिन् मन

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

keki

नेपाली फिल्म क्षेत्रमा एकको अर्कोसँग अनावश्यक नाम जोडिने कारण पनि कलाकारहरू बदनाम छन् । यस मानेमा नायिका केकी अधिकारी भने अहिलेसम्म कुनै लफडामा परेकी छैनन् । त्यसैले पनि कलाकार बद्रीकी छोरी केकीले बाबुको नाम जोगाइराखेकी छन् । सानो गाँठीका कारण हिरोइनमा जम्न नसकिरहेकी केकीले फिल्म 'महसुस' बाट भने अत्यधिक स्याबासी पाउँदा पुलकित बनेकी छन् । नवल नेपाल निर्देशित 'महसुस' मा उनी आर्यन सिग्देल र बेनिसा हमालसँगै फिल्ममा अटाएकी छन् । तर बिरामी आमाको उपचारका लागि गाउँदेखि सहर आएकी सोझी तर हक्की स्वभावकी गौरीको चरित्रमा रहेकी केकीले दर्शकको भावनालाई आफूतिर तान्न सफल भएकी छन् । यसअघि पनि नीर शाह निर्देशित फिल्म 'मसान' मा हेलेनको चरित्रमा दमदार देखिएकी केकीको गौरीको अभिनयलाई भने दर्शकले अहिलेसम्मकै राम्रो भनी तारिफ गरेको निर्देशक नवल नेपालले सुनाए । नायिका पनि कामको प्रशंसा बढ्दै गएपछि हल-हलमा गएर दर्शकसँगै फिल्म हेर्दै प्रतिक्रिया बटुलिरहेकी छन् । आखिर मान्छे सानै भए पनि केकीको कामलाई भने दर्शकले ठूलै मानिदिएका छन् । क्या बात गौरी उर्फ केकी !

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger