Widgets

Home » , » कोमल, तीज र परिहन

कोमल, तीज र परिहन

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

komal oli

तीजमा गीतको चर्चा चल्छ । गायिका कोमल वलीको सन्दर्भमा चाहिँ गीतसँगै परिहनको पनि चर्चा हुने गर्छ । 'तीज भनेको पहिरनको पर्व पनि त हो नि,' उनी स्वीकार्छिन् । हरेक तीजमा पहिरन बदल्दै आएकी उनले यसपटक नीलो टिपिक्क परेको सर्ट र पेन्ट लाएर फोटो सेसन गराएकी छन्, तीजभरको हरेक प्रस्तुतिमा उनी यही पहिरनमा देखिनेछिन । यही पहिरनका साथ उनले हालै 'झुमी-झुमी' तीज डीभीडी एल्बम निकालेकी छन् । 'डिस्को क्लब परिहन लगाएकी छु यसपालि,' उनले भनिन् 'गीतअनुसारको गेटअप हुनुपर्छ ।' तीज पर्व रातो, पहेँलो, हरियो रंगको संयोजनमा नारी सौन्दर्य देखिने भएकाले उनले यस्तै झिलीमिली परिहन मन पराउने गरेको बताइन् । गीत, संगीत र पर्वको ढाँचाअनुसारको पोसाक लागउनुपर्छ भन्ने उनको धारणा छ । हरेक वर्ष एउटा एल्बम सार्वजनिक गर्दै आएकी उनले यसपटकको 'झुमी झुमी' तीज गीतलाई र्‍यापमा ढाल्ने प्रयास गरेकी छन् । डान्सिङ शैलीका गीत युवापुस्ताले मन पराउन थालेपछि उनले पछिल्ला वर्षदेखि परम्परागत तीज शैलीलाई भन्दा पनि रक-पपमा आफूलाई ढालेकी खुलाइन् । एल्बम 'झुमी-झुमी' मा नयाँ र पुराना गरी ५ गीत छन् । 'झुमी-झुमी...', 'पतिदेवका लागि...', 'डिस्कोमा तीज...', 'बदमास...', र 'गुन्यूचोली...' छन् । गिरीश खतिवडा र कोमलकै शब्द र संगीत रहेको एल्बममा धेरैजसो गीत पुरानैको रिमेक छन् । 'पुरानै गीत चर्चामा आए,' उनले भनिन्, 'फेरि रिमेक गरेर राखेकी छु ।' तीज लगोपछि संधै व्यस्त रहने कोमल योपटकको तीज मनाउन भारत जाने बताइन् । कन्सर्टकै सन्दर्भमा जान लागेकी उनले तीजको महत्त्व नेपालीहरुमा भन्दा मुलुक बाहिर बसेका महिलालाई बढी हुने अनुभव सुनाइन् । 'मुलुक छाडेर बाहिर बसेका दिदीबहिनी खुब रमाउँछन् तीजमा,' उनले भनिन्, 'त्यसैले उतै बढी रमाइलो लाग्छ मलाई पनि ।' 'पतिदेवका लागि', 'डिस्कोमा तीज', 'बदमास', 'पोइला जान पाम', 'भेटिएन कोइ', 'झकास' लगायत तीजका एल्बम निकालेकी उनको 'झुमी-झुमी' ८ औं तीज एल्बम हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger