Widgets

Home » , » दुवैसँग कट्रिना

दुवैसँग कट्रिना

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

katrina

नायिका कट्रिना कैफलाई आफूतर्फ तान्ने चक्करमा नायकद्वय सलमान खान र रणवीर कपुर पालैपालो लागे । सलमानसँग छुटेलगत्तै रणवीरकी प्रेमिका बनेकी कटि्रना अब भने दुवैसँग रोमान्स गर्ने भएकी छन् । तर रियलमा नभई रिलमा । अतुल अग्निहोत्रीको नयाँ फिल्ममा उनले सल्लु भाइसँग आइटम डान्स गर्ने लगभग पक्कापक्की गरेकी छन् । कट्रिनाले यसअघि पनि अतुलको फिल्म 'बडिगार्ड' मा पूर्वप्रेमी सलमानसँग एक गीतमा आइटम डान्स गरिदिएकी थिइन्, त्यो पनि सलमानकी बहिनी अल्भिराको आग्रह टार्न नसकेर । अब पुनः अतुलको लगभग तयारी भइसकेको फिल्ममा कटि्रनाले सलमानसँग आइटम डान्स गर्ने गाइगुइँ हल्ला चले पनि फिल्म युनिट भने मुख बन्द गरेर बसेको छ । अतुलले यति भने, 'गीतको ट्रयाक बनिरहेको छ । सायद गेस्ट आर्टिस्टले पनि गीत गर्न सक्छन् । अहिल्यै केही भन्न सकिँदैन ।' तर अतुलको फिल्ममा कटि्रनाले सल्लुसँग रोमान्स गर्ने आधिकारिक खबर नआए पनि अनुराग वसुको आगामी फिल्म 'जगा जासुस' मा भने उनी प्रेमी रणवीर कपुरसँग रोमान्स गर्ने पक्कापक्की भएको छ । रणवीर र वसुको संयुक्त लगानीमा बन्ने फिल्ममा कटि्रना हुनु खास ठूलो कुरा भने होइन । उनलाई यतिबेला स्त्रिmप्ट अध्ययनका लागि दिइएको छ । यसअघि पनि रणवीरसँग 'अजब प्रेमकी गजब कहानी' र 'राजनीति' मा स्त्रिmन सेयर गरेकी कटि्रनाले त्यसपछिका रणवीरसँगका दुई फिल्म 'ए जवानी है दिवानी' र इम्तियाज अलीको आगामी फिल्म गुमाएकी थिइन् । दुवैमा कटि्रनालाई रणवीरकै पूर्वप्रेमिकाले रिप्लेस गरिदिएकी थिइन् । त्यसैले पनि उनी यसपालि अलि बढि नै सचेत देखिन्छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger