Widgets

Home » , » आशाराम बाबुमाथि बलात्कारको आरोप !

आशाराम बाबुमाथि बलात्कारको आरोप !

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

asharam

नयाँदिल्ली (एजेन्सी), भाद्र ६ - भारतका विवादास्पद धर्मगुरु आशाराम बापूमाथि उत्तरप्रदेशकी एक नाबालिगले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । उनी हाल आशारामकै स्वामित्वको जोधपुरको एक विद्यालयमा अध्ययनरत छिन् । दिल्लीको कमला मार्केट प्रहरी चौकीमा उनीविरुद्ध उजुरी परेको छ । चिकित्सकीय जाँचमा ती बालिकासँग यौन शोषणको पुष्टि भएको छ । सुरुवाती रूपमा गुनासो दर्ता गरेपछि जोधपुर प्रहरीलाई छानबिनको जिम्मा दिइएको छ । अगस्टको तेस्रो साता आशारामले आफूसँग मोक्ष र मुक्ति दिलाउने नाउँमा यौनशोषण गरेको पीडितको आरोप छ । आध्यात्मिक गुरु आशारामविरुद्ध प्रहरीले बलात्कार, दुव्र्यवहार र धम्की दिएको उजुरी दर्ता गरेको छ । सत्ता, शक्ति र केही सञ्चारमाध्यममा राम्रै पहुँच भएका आशारामविरुद्धसँग जोडिएको यो पहिलो विवाद भने होइन । आश्रममा दुई बालकको हत्या र विभिन्नखाले अभद्र व्यवहारमा उनी मुछिँदै आएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger