भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३ भदौ, काठमाण्डौं । अल्लो, गाँजा, बाँसलगायतका प्राकृतिक रेसाबाट नेपाली साना व्यवसायीले उत्पादन गरेका कपडा अमेरिकी चेन स्टोरले बिक्री गर्ने भएका छतन् । अमेरिकामा भएको व्यापार मेलामा भाग लिन गएका नेपाली साना व्यवसायीसँग केही अमेरिकी चेन स्टोरले यस्ता सामाग्री अर्डर गरेका हुन् । वालमार्ट, सेभेन इलेभेनलगायतका ठूला र विश्वस्तरीय चेन स्टोरले समेत यस्ता सामग्री बिक्रीका लागि चासो देखाएका छन् ।
‘हामीलाई केही चेन स्टोरसँग प्राकृतिक रेसाजन्य वस्तु आपूर्ति गर्न सम्झौता गरेर आएका छौं,’ नेपाल एप्पारेल्स एन्ड नेचुरल फाइबर प्रालिका सञ्चालक श्यामप्रसाद गिरीले भने, ‘अहिले उनीहरुको अर्डर पूरा गर्न लागि परेका छौं ।’
अमेरिकाको ओक्सस्थित ग्रेटर फिलाडेल्फिया एक्स्पो सेन्टरमा गत साउन ६ देखि ८ गतेसम्म सञ्चालित गिफ्ट सोमा सात नेपाली कम्पनीले भाग लिएको अन्नपूर्ण पोस्टमा खबर छ । त्यस क्रममा ठूला र विश्वस्तरीय चेन स्टोरले समेत नेपाली प्राकृतिक रेसाजन्य कपडा अर्डर गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका गिरीले बताए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.