Widgets

Home » , » इजरायलमा रोजगारी अनिश्चित, भाषा सिकाउनेको होड

इजरायलमा रोजगारी अनिश्चित, भाषा सिकाउनेको होड

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३ भदौ, काठमाण्डौं । सरकारले दक्षिण कोरियामा जस्तै गरी नेपाली कामदारलाई इजरायलमा रोजगारीका लागि पठाउने तयारी गरेको हल्ला आएसँगै इजरायली (हिब्रु) भाषा सिकाउने भन्दै प्रचार गर्न थालिएको छ । सरकारी अधिकारीहरु इजरायलमा कामदार पठाउने विषयमा कूटनीतिक पहल मात्र भइरहेको र इजरायलले नेपाली कामदारलाई लाने भए पनि थोरै मात्र कामदार लागने बताउँछन् । इजरायलमा हाउसमेड र कियरगिवरका लागि माग हुने र कमाई पनि अन्य देशमा भन्दा धेरै हुने भन्दै कामदार पनि त्यहाँ जान आतुर छन् । यसैको फाइदा लिन केहीले इजरायल पठाउने ग्यारेन्टी भन्दै भाषा सिकाउने प्रचार गर्न थालेका छन् । वैदेशिक रोजगार विभागका अनुसार इजरायलमा नेपाली कामदार पठाउने विषयमा सम्बन्धित देशसँग छलफल भइरहेको छ । कहिलेबाट र कति संख्या पठाउने भन्ने विषयमा टुंगो लागेको छैन् । विभागका महानिर्देशक विनोद केसीले ‘नेपाली कामदार इजरायल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित इजरायली दूतावासमा पत्रचार गरिसकेका छौं भन्द्र यस विषयमा उहाँहरु सकारात्मक देखिए पनि उहाँबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन,’ भन्नुभयो । उहाँले इजरायलमा नेपाली कामदार लैजाने सहमति भइहाले पनि त्यहाँ विश्वभरिबाट वाषिर्क पाँच हजार कामदारको मात्र माग हुने गरेकाले कोरियामा जस्तै धेरै कामदार पठाउन नसकिने बताउनुभएको गोरखापत्र दैनिकमा खबर छ । केसीका अनुसार सुरुमा ३/४ सय कामदार पठाउन सकिने र उनिहरुले राम्रो परिणाम देखाउन सके आउँदा बर्षमा नेपाली कामदारको संख्या बढ्न सक्नेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger