भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३ भदौ, काठमाण्डौं । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो उक्तिलाई आत्मसात् गरी चारजना नेपाली युवाले मंगलग्रहमा पुग्ने सपना साँचेका छन् । उनीहरुले यो सपना साँचेको भने होइनन् । मार्स वान नामको संस्थाको छनोट परे उनीहर साँच्चिकै रातो ग्रहमा पुग्नेछन् । तर, उनीहरु त्यहाँबाट र्फकन भने पाउने छैनन् ।
मार्स वान नामको सो परियोजनाका लागि हालसम्म १ लाखभन्दा बढीले आवेदन भरेकामा चारजना नेपाली छन् । नेपालका समिर न्यौपाने, प्रकाश सुवेदी, अनिल पोख्रेल र केशव पाध्येले रातो ग्रहमा जान निःशुल्क एकतर्फी टिकटका लागि आवेदन दिएका हुन् । मार्स वानले सन २०२२ सम्ममा मंगलमा मानिस पठाइसक्ने बताएको छ ।
सानैदेखि स्टार ट्रेक र स्टार वान हेरेर हुर्किएका २१ बर्षका समीर न्यौपानेले मार्स वानलाई दिएको भिडियो आवेदनमा आफूले सधैं ताराहरुमा गएको सपना देख्ने गरेको बताएका छन् । उनले भने ‘मंगलग्रहमा जानका लागि म जे पनि गर्न सक्छु, कृपया मलाई मौका दिनुहोस् ।’
पर्यटन क्षेत्रमा काम गर्ने ३१ बर्षका केशव पाध्येले आफूलाई चुनौती मन पर्ने र नयाँ कुरा हेर्न र अनुभव गर्न मन पर्ने बताएको राजधानी दैनिकमा खबर छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.