भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, भाद्र ३ - राजधानीका विभिन्न गेस्टहाउसमा छापा मारेर प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयको विशेष सुरक्षा योजनाअन्तर्गत चेकिङका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ३ जना गेस्टहाउस सञ्चालकलाईसमेत पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार काभ्रे गेस्टहाउस, म्याग्दी गेस्टहाउस, सेहजन गेस्टहाउस र हिमचुली गेस्टहाउसमा छापा मारेको थियो ।
यस्तै बालाजु वृत्तले त्यस क्षेत्रका काबेली गेस्टहाउस, गंगाहल, लालीगुराँस गेस्टहाउस, मच्छेगाउँ र ६९ वटा डान्सबारमा छापा मारेको छ । नयाँ बसपार्कले यती गेस्टहाउस, भूमिका गेस्टहाउस र शुभसाइत गेस्टहाउसमा छापा मारेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.