Widgets

Home » » अब ट्वाइलेटकै पानी तनतनी पिउन मिल्ने !

अब ट्वाइलेटकै पानी तनतनी पिउन मिल्ने !

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पानीको अभाव खडि्कँदै छ । अझ शुद्ध पानी झनै भेटिन छाडिसकेको छ । पानी शुद्ध पार्न भन्दै विभिन्न खाले फिल्टर तथा झोल समेत बजारमा छन् । तर यी सबैमा भर पर्न भने कोहीपनि सकिरहेको छैन । पानी शुद्ध पार्ने जति उपाय र उपकरण छन् ती या त सुस्त या त झण्झटिलो छन् । तर एउटा यस्तो उपकरण बनेको छ जसले तत्कालै फोहोर भन्दा फोहोर पानीलाई पनि पिउन योग्य बनाइदिन्छ ।
Untitled-1
कतै हिँडेको बेलामा खुबै तिर्खा लाग्नु, तर साथमा पानी नहुनु । पोखरी वा खोलाको पानी पनि झ्वाट्टै खाने आँट नहुनुले गर्दा मान्छेलाई कहिलेकाहीँ अप्ठेरोमा पार्छ । तर यो पछिल्लो उपकरण भने यसको उत्तर बनेर आएको छ ।
नली आकारको २२ सेन्टिमिटर लामो त्यो उपकरण गोजीमा राखेर वा घाँटीमा भिरेर हिड्न मिल्छ । यसले यतिधेरै विश्वसनीय तवरले पानी शुद्ध पार्छ की यसले छानेपछि ट्वाइलेटको पानी समेत खानयोग्य हुन्छ ।
डेनमार्कमा बनाइएको यो उपकरणको नाम लाइफ स्ट्र राखिएको छ । यो सन् २००५ मै बनेको भएपनि केही समय पहिलेबाट मात्र फाएर बक्समार्फत अनलाइन बिक्रिमा राखिएको छ ।
3
यो निकै शक्तिशाली शुद्धिकरण पाइपको रुपमा रहेको छ । यसले पानी शुद्धिकरण गरी ९९.९९९ प्रतिशत जिवाणु तथा अन्य परजिवीलाई नष्ट गर्छ । पानी पिउने बेला यो नलीको एकापट्टकिो टुप्पो मुखमा राखेर चुस्ने र अर्को पट्टकिो टुप्पो पानीमा राखेर डुबाउने गर्नुपर्छ । यसबाट ढुक्कसँग पोखरी, तलाउ, खोला तथा अन्य अशुद्ध पानी समेत मज्जाले पिउन मिल्ने बताइएको छ ।
4
यो उपकरणको मूल्य २९.९९ पाउण्ड अर्थात् झण्डै ४ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
स्मरण रहोस् विश्वमा अहिलेपनि ८८ करोड मानिसले शुद्ध पानी पिउन पाइरहेका छैनन् । सोही कारण वर्षेनी १८ लाख जनाको पानीजन्य रोगका कारण ज्यान जाने गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger