Widgets

Home » » चीनमा निर्वस्त्र विवाह लोकप्रिय बन्दै

चीनमा निर्वस्त्र विवाह लोकप्रिय बन्दै

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
निर्वस्त्र विवाह भनेको कस्तो विवाह होला ? बेहुला र बेहुली मात्र होइन जन्ती र लोकन्ती समेत निर्वस्त्र भएर गरिने विवाह होला भन्ने सबैको सहज अनुमान हुन्छ । विश्वमा यस्ता खाले निर्वस्त्र विवाह गरेर किर्तिमान कायम गरेका विभिन्न खाले समाचार पनि बेलाबेलामा आउने गरेका छन् । पछिल्लो समयमा चीनमा समेत निर्वस्त्र विवाह लोकप्रिय बन्दै गएको छ । तर चीनको निर्वस्त्र विवाह त्यस्तो नांगै भएर गरिने विवाह भने होइन ।
14-china-weedind300
समाचार अनुसार चीनमा निर्वस्त्र विवाह भनिने त्यस्तो विवाह लुगा नलगाइकन गरिने विवाह नभै विना दाइजो गरिने विवाह हो, जुन पछिल्लो समयमा लोकपि्रय बन्दै गएको छ । विवाहमा कार तथा घर दाइजो दिने प्रथा चीनमा समेत छ ।
तर त्यसको साथसाथै दाइजो विनाको निर्वस्त्र विवाहको परम्परा समेत रहेको छ । पछिल्लो समय दाइजो विवाह भन्दा निर्वस्त्र विवाह गर्न धेरै जनाले मन पराउने गरेको एक अध्ययनले देखाएको छ ।
१३ अगष्टका दिन पर्ने चिनिया भ्यालेन्टाइन डे का अवसरमा चीनका विभिन्न ५ वटा ठूला सहरका झण्डै १६ लाख जना मानिसमा गरिएको सर्भेक्षणले यस्तो देखाएको छ ।
चाइना डेलीका अनुसार चिनिया युवाहरुमा निर्वस्त्र विवाहप्रतिको क्रेज बढ्दो छ । सर्भेक्षणमा ४५ प्रतिशतले निर्वस्त्र विवाहलाई मन पराएका छन । तर अहिले सम्म चीनमा केवल ३० प्रतिशत विवाह मात्र दाइजो विना हुने गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger