Widgets

Home » » रातिमा देख्ने, उपद्रोसँग दौडिने यी चितुवा-मान्छे (फोटोफिचर सहित)

रातिमा देख्ने, उपद्रोसँग दौडिने यी चितुवा-मान्छे (फोटोफिचर सहित)

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यी मान्छेलाई झ्वाट्ट हेर्दा डरै लाग्छ । मान्छे पनि कस्तो चितुवाजस्तो ? हाउभाउ पनि कति डरलाग्दो ? किन भयो होला त्यस्तो ? साँच्चीकै यी चितुवा मान्छे आधा चितुवा, आधा मान्छे जस्तै भैसकेका छन् ।

अमेरिकाको टेक्सासका टाटु कलाकार ल्यारी डा लियोपार्ड यस्तो हालतमा छन् की त्यो देख्दा अरु हैरान हुन्छन् र उनका आफन्तलाई समेत उनको यस्तो हालतप्रति चित्त दुखाइ छ । तर उनी भनि आफ्नो चितुवा छनक प्रति गर्व गर्छन् । साँच्ची उनलाई चितुवा जस्तो टाटेपाटे बन्ने कुलत नै लागेजस्तो छ । उनले आफ्नो जिउभरि चितुवाको सरीरमा हुने टाटेपाटे ट्याटु खोपेका छन् ।
12
४० वर्षे यी पुरुषले जिउमा टाटु मात्र चितुवाको जस्तो बनाएका छैनन् यिनको व्यहोरा पनि चितुवाको जस्तै हुँदैछ । ट्याटु खोपेपछि आफु बढि बलबान तथा चितुवा जस्तै दौडिन सक्ने भएको दाबी उनको छ । त्यतिमात्र होइन आफुले रातमा समेत देख्न सक्ने दाबी उनको छ । उनी ७ वर्षदेखि जुलिया रथसँग रोमान्स गर्दै आएका छन् र उनीहरुबाट एक छोरा पनि जन्मिएको छ । अरु मान्छे कोही ल्यारीलाई देखेर घृणा गर्छन् त कोही डराउँछन् तर जुलिया भने उनलाई खुबै माया गर्छिन् । यद्यपि सधै उपद्रो गर्दा भने जुलियालाई पनि कहिलेकाहीँ हैरानी हुँदोरहेछ ।
3456Untitled-1

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger