Widgets

Home » , » दीपक मनाङे पक्राउ अकुत सम्पत्ति कमाएको अभियोग

दीपक मनाङे पक्राउ अकुत सम्पत्ति कमाएको अभियोग

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

dipak manange

काठमाडौ, भाद्र १ - सम्पत्ति शुद्धिकरणको मुद्दामा दीपक मनाङे भनिने राजिब गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्दि्रय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेको हो । उनी बिरुद्ध सम्पत्ति शुद्धिकरण बिभागले गुण्डागर्दिको माध्यमबाट आर्जन गरेको १४ करोड रुपैयाँ रहेको भन्दै बिशेष अदालतमा जेठको पहिलो साता मुद्दा दायर गरेको थियो । त्यतिबेला नै पक्राउ गरेर मात्र मुद्दा दायर गर्नुपर्ने भन्दै चर्को आलोचना भएको थियो । उनलाई आइतबार अदालत पेस गरिने ब्युरो स्रोतले जनाएको छ । सम्पत्ति शुद्धिकरण र केन्दि्रय अनुसन्धान ब्युरोले संयूक्त रुपमा अनुसन्धान गरेका थिए । बिशेष अदालतले मनाङे बाहेक गणेश लामा, पर्शुराम भनिने कृष्ण बस्नेत, चक्रे मिलन भनिने मिलन गुरुङ, र अभिशेक गिरी बिरुद्ध मुद्धा दायर गरेको थियो । बिभागका अनुसार सबै भन्दा बढी अकुत सम्पत्ति लामाको छ । उनीसंग स्रोत नखुलेको चलअचल गरेर २७ करोड बराबरको सम्पत्ती छ । यस्तै बस्नेतसंग ११ करोड, चक्रेसंग ७ करोड र गिरीसंग २ करोड अबैध सम्पत्ति छ । यि मध्ये गणेश लामा, पर्शुराम बस्नेत र चक्रे मिलन अदालतमा हाजिर भइसकेका छन् । त्यसमा चक्रेमिलनसंग अदालतले ३ करोड धरौटी माग गरेको थियो । लागु औषध र हातहतियार खरखजना मुद्धामा केन्दि्रय कारागारमा रहेका उनले धरौटी बुझाएनन् । पर्शुराम बस्नेत २ करोड धरौटी तिर्न नसकेर कारागारमा नै छन् । गणेश लामासंग पनि बिशेष अदालतले ३ करोड धरौटी माग गरेको थियो । उनी उक्त रकम बुझाउन नसकेपछि कारागारमा नै छन् । यि बाहेक अभिशेक गिरी अदालतमा उपस्थित भएका छैनन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger