Widgets

Home » , » चुनावमा धाँधली हुन दिदैनौं : पुन

चुनावमा धाँधली हुन दिदैनौं : पुन

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

nandakishor

दाङ, भाद्र १ - एमाओवादीका नेता नन्दकिशोर पुनले संविधानसभा निर्वाचन धाँधलीरहित बनाउन पूर्व लडाकु र वाइसिएल सक्रिय रहने बताएका छन् । क्रान्तिकारी पत्रकार संघले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पुनले कसैले चुनाव बिथोल्न खोजे त्यसलाई विफल पार्न पूर्व लडाकु र वाइसिएलले महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए । उनले हरेक निर्वाचन बुथमा युवाहरु खटिने र उनीहरुले जनताको भयरहित बातावरणमा भोट हाल्नपाउने अधिकारलाई संरक्षण गर्ने धारणा राखे । नेकपा माओवादी पनि निर्वाचनप्रति सकारात्मक भएकाले मंसिर ४ मै चुनाव सम्पन्न गर्न कठिनाइ नहुने बिचार पुनले व्यक्त गरे । जनसम्बन्ध सुधार अभियान अन्तर्गत दाङका बिभिन्न गाउँ पुगेका पुनले जनताले नेताहरु चुनाव आउँदा मात्र गाउँ पस्ने गरेको गुनाशो पोखेको बताए । अब नेताहरुले जनताप्रति जिम्मेवार भएर काम गरेमा नागरिकमा आएको निराशा कम हुने धारणा पुनको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger