Widgets

Home » , » बेहाल दार्चुला रिपोर्टर्सको डायरी

बेहाल दार्चुला रिपोर्टर्सको डायरी

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

darchula

दार्चुला, भाद्र १ - यात्रु र गाउँलेका आ-आफ्नै पीडा थिए । सडक नखुलेको, राहत नपाएको, नुनसमेत खान नपाएको, भारत सीमा पुल बगाउँदा उपचार र दैनिक उपभोग्य बस्तु ल्याउन समस्या भएको जस्ता गुनासा हरेकसँग थिए । म दार्चुला गइरहेकै बेला पनि ग्वानीमा पहिरो खसेको खस्यै थियो । गोकुलेबाट बिहान ५ बजे हुइँकिएको जिप दोब्बर समय लगाएर दुई घन्टामा मालिकार्जुन पुग्यो । शंकरपुरको पस्ती खण्ड पनि आशिंक अवरुद्ध थियो । प्रहरी सक्रियतामा खोल्ने प्रयास हुँदै थियो । जिप चालक जितबहादुर धामी आत्तिएका थिए । साँझ सदरमुकाम पुग्नैपर्ने हाम्रो बाध्यता उनले बुझेका थिए । ठाउँठाउँमा यात्रु ओराल्नु पर्दा उनी भन्थे, 'मरे म एक्लै मर्छु, अलि अगाडिसम्म तपाईंहरू पैदल हिँड्नोस् ।' बलुवाकोट नाकाको झोलुंगेपुल तरेर भारतको बाटो हुँदै बल्ल १२ बजे पुगियो दार्चुला सदरमुकाम । बाढीको खबर बैतडी सदरमुकामबाट पठाउँदै गरेकामा साउन तेस्रो साता रेडियो कान्तिपुरले संकलन गरेको दुई लाख रुपैयाँ खलंगाका बाढीपीडितलाई हस्तान्तरण गर्न दार्चुला पुग्ने अवसर जुरेको हो । सदरमुकाम बगाएकै दिन नेपाल-भारत नाका जोड्ने जोलजिवी झोलुंगे पुल पनि बगायो । १२ वर्षअघि बनाएको यो पुलले दार्चुलाका सीमा क्षेत्रका उकु, लाली, डाँडाकोट, खरकडा, हुनैनाथ, शंकरपुर र रिठाचौपताका बासिन्दालाई सजिलो भएको थियो । पुल बगाएपछि वारि र पारिको सम्बन्धविच्छेद छ । चार पुस्तादेखि नुनतेल उतैबाट ल्याउने गरेको दत्तुका बासिन्दा तथा पत्रकार प्रेम चुनाराले सुनाए । औषधि र दैनिक उपभोग्य वस्तुमा अहिले समस्या बढेको छ । बाहिर ठूलो हल्ला छ । दर्जनौं संघसंस्थाले राहत पुर्‍याएको, खाद्य संस्थानले चामल बाँडेको, सडक मर्मत तीव्र भइरहेको, पुनःनिर्माणका लागि ५० करोडको सरकारी बजेट निकासा भएको तर विस्थापित परिवारले सरकारी स्तरबाट दिएको ३५ हजार बाहेक कुनै राहत पाएका छैनन् । सडक बेहालै छ । स्काभेटर, डोजरलगायतका मेसिन राखे पनि कामको गति छैन । विस्थापित भएका बेला चिउरा, चाउचाउ र त्रिपाल पाए पनि अधिकांशले केही नपाएको गुनासो गरे । राहत सामग्री र औषधिसमेत ढुवानी भएको छैन । सडक नबन्दा स्वास्थ्य कार्यालयले गोकुलेश्वरमा औषधि थन्क्याएको छ । बागाबगड र गल्फै क्षेत्र यतिखेर कुरूप छ । घाटबजारका बासिन्दा त्रसित छन् । सबैको तिर्खा मेटाउने घाटबजारको धारोको नामोनिशाना छैन । बस्तीका आधाभन्दा बढी बगिसकेका छन् । महाकालीले धार परिवर्तन गरी घाटबजारलाई निरन्तर कटान गरिरहेको छ । सदरमुकामको पुल बगेको भए दार्चुलावासीको बिजोग अझ अकल्पनीय हुन्थ्यो । 'एउटा भारत जोड्ने पुल जोगिएकाले नुन खान पाइएको छ,' हिकिलाका श्रीराम धामीले भने, 'हाम्रो सरकारले राहत घोषणा मात्रै गरेको हो, भारतले सडक यातायात सञ्चालनमा ल्याएपछि मात्रै दुई छाक खान पायौं ।' गाउँको घरजग्गा बिक्री गरी खलंगा पसेकाहरू बाढीपछि सुकुम्बासी बनेका छन् । अस्पताल बगाएपछि सडकमा उपचारको प्रयास भइरहेको छ । खुला आकाशमुनि सुत्केरी सेवा दिनुपर्ने स्वास्थ्यकर्मीको बाध्यता छ । असार २ देखि महाकालीमा आएको बाढीले तहसनहस सदरमुकाम खलंगा दुई महिना बित्न लाग्दा पनि तङ्गि्रन सकेको छैन । दुई देशको सीमा नदीमा तुइनमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने नियति भोग्दै आएका स्थानीय बासिन्दाको अझै पनि निद्रा खोसिएको छ । विपत्ले सदरमुकाममा वषौर्ंको लगानी र मिहनेतले करोडको सम्पत्ति कमाएकाको सडक बास भएको छ । पुनःनिर्माण र पुनःस्थापनाको खासै योजना बन्न सकेको छैन । अस्थायी तटबन्ध बनाए पनि आधाजसो बगाइसकेको अवस्था छ । जोखिममा रहेको करिब २ सय ५० घरका बासिन्दाले अझै निदाउने वातावरण पाएका छैनन् । यसअघि २०२७ सालतिर पनि दार्चुलामा यस्तै भीषण बाढी आएको थियो । बाढीले बनाएको बगरमा नयाँ बस्ती बसे । कतिपय स्थानीयले नदीको किनारबाट जग उठाएर पाँच तलासम्म घर निर्माण गरे । नदी किनारको सीमित जमिनमा जोखिमपूर्ण निर्माण गरिएका घर र सरकारी भवनको अझै त्रासमा उभिएका छन् । नदीबाट उच्च जोखिममा रहेका घरको उचित व्यवस्थापन र दीर्घकालीन गुरुयोजना बनाइनुपर्ने स्थानीय बासिन्दाको माग छ । चार दिनको सदरमुकाम बसाइपछि र्फकने तयारी गर्दै गर्दा मोबाइलमा खबर आयो- मेल्खेत माथिको धामीगाउँमा पर्खाल भत्केर सडक बन्द छ । जिप चालकहरूबीच प्रतिस्पर्धा थियो बढी यात्रु बोक्ने । मेल्खेतसम्म जिपमा आए पनि माथि पैदल उक्लिने निर्णय लिएर स्थानीय जनक धामीसहितका तीन जनालाई साथी बनाएर हिँडेँ । छिनछिनमा छेउछेउमा खस्ने ढुंगा लाग्ने जोखिम उत्तिकै थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger