Widgets

Home » , » खिम्तीमा दुर्गन्ध फैलियो

खिम्तीमा दुर्गन्ध फैलियो

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मन्थली, भाद्र १ - बाढीपहिरोमा पशु र अन्न परेका कारण खिम्तीबेंसीमा दुर्गन्ध फैलिएको छ । सोमबार राति आएको बाढीमा परेका पशु र अन्न कुहिएर बुधबारदेखि खिम्तीमा दुर्गन्ध फैलिन थालेको हो । खिम्ती बजारमा पुगेर आएका कांग्रेस क्षेत्रीय सभापति लेखबहादुर कार्कीका अनुसार बजार क्षेत्र पूरै दुर्गन्धित हुन थालेको छ । बजार र आसपास क्षेत्रमा हरिया झिंगा भन्किरहेका छन् । सर्वधारण नाक थुनेर हिँड्न बाध्य भएका छन् । प्रशासनले खिम्तीको बाढीमा परेर कुहिने पशुका कारण दुर्गन्ध हुन थालेको सूचनाका आधारमा सुरक्षाकर्मी परिचालन गरी पशुलाई पुर्ने काम गरेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए । उनले पशुका कारण उत्पन्न हुन सक्ने रोगव्याधीलाई न्यून गरिएको बताए । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले बाढी प्रभावित क्षेत्रमा हैजा फैलन सक्ने भन्दै बिहीबारै दुई चिकित्सकसहितको स्वास्थ्य टोलीलाई खिम्तीमा परिचालन गरेको थियो । जिल्ला स्वास्थ्य प्रमुख डा. वासुदेव पाण्डेका अनुसार चिकित्सकको टोलीले खिम्तीमा विल्चिङ र फिनेल छर्केको थियो । स्थानीय शेरबहादुर खड्काका अनुसार मरेका पशुहरू पर्याप्त मात्रामा नपुरिएका र बाढीले घर छोप्दा सँगै पुरिएका चिनी, तेल, सोयाबिनलगायतका खाद्य सामग्री कुहिएकाले दुर्गन्ध फैलने क्रम बढेको छ । खड्काले जिल्ला स्वास्थ्य कार्यालयले बाढीग्रस्त क्षेत्रमा झुलुक्क स्वास्थ्यकर्मी पठाएर झारा टार्ने काम गरेको आरोप लगाए । आठ जनाको ज्यान जाने गरी सोमबार राति आएको बाढीका कारण खिम्तीको जनजीवन अझै सामान्य बन्न सकेको छैन । खिम्तीको वडा १ देखि ५ सम्मका करिब ३ सय परिवारले उपयोग गर्दै आएको खानेपानी पाइपको चिनो चपेटो छैन । स्थानीयहरू घन्टौं टाढा पुगेर खानेपानीको जोहो गर्दैछन् । रेडक्रस रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठले पाइपको अभावमा खानेपानीबाट वञ्चित भएका खिम्तीका बासिन्दालाई व्यक्तिगत खर्चमा ४ सय मिटर पाइपको व्यवस्था गरिदिएको बताए । डिभिजन खानेपानी कार्यालयबाट समेत शुक्रबार खिम्तीका लागि आवश्यक पाइप वितरण गरिएको छ । पाइप उपलब्ध भए पनि अझै केही दिन खिम्तीमा खानेपानीको हाहाकार हुने स्थानीयको भनाइ छ । प्रशासन, गाविस र रेडक्रसले बाढीग्रस्त परिवारलाई राहत वितरण गरिरहेका छन् । घरबारविहीनलाई गाविसले आफ्नो कार्यालयमा राखेको छ भने केही परिवार विद्यालयमा शरण लिइरहेका छन् । रेडक्रसले उपलब्ध गराएको पालमा केही परिवारले गुजारा चलाइरहेको स्थानीय भुवन कार्कीले बताए । यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समितिको शुक्रबार बसेको बैठकले खिम्ती बाढीपहिरोमा परेका थप १८ जनालाई ५ देखि १० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger