Widgets

Home » , » बोक्सी आरोपमा कुटेर हत्या अन्धविश्वास

बोक्सी आरोपमा कुटेर हत्या अन्धविश्वास

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

boksi

पर्सा, भाद्र १ - बोक्सीको आरोपमा गाउँलेले सुपौली-९ की ४५ वर्षीया पार्वतीदेवी चौधरीको हत्या गरेका छन् । हत्यापछि पीडकहरूले पार्वतीका पतिलाई आफ्नो नियन्त्रणमा राखे पनि उनी उम्किएर प्रहरीमा उजुरी गर्न पुगेपछि गाउँका सबै पुरुष घर छाडेर भागेका छन् । घटना गम्भीर भएकाले जानकारी पाउनेबित्तिकै गाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले पीडितलाई उद्धृत गर्दै बताएअनुसार छिमेकी जगदीश चौधरीकी छोरी प्रतिमालाई तन्त्रमन्त्र लगाएको भन्दै जगदीशका छोरा अनिल, धनराज, नवीन, विश्राम र स्वयं प्रतिमासहित गाउँलेको समूहले पार्वतीलाई बिहीबार राति करिब १२ बजे आक्रमण गरेको थियो । पार्वतीलाई उनीहरूले लछारपछार गरी घरबाट निकाली स्थानीय मोहन चौधरीको घरअगाडि पुर्‍याएर कुटपिट गरेका थिए । आक्रमणका क्रममा राति करिब १ बजे पार्वतीको मृत्यु हुन पुगेको थियो । उनको हत्यापछि गाउँलेले रातभर र शुक्रबार दिनभर पार्वतीका पति भगवान राउतलाई नियन्त्रणमा राखेर गाउँबाट निस्कन दिएका थिएनन् । तर भगवान त्यहाँबाट उम्किएर साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको सम्पर्कमा आउन सफल भएका थिए । उनी प्रहरी सम्पर्कमा आएलगत्तै गाउँका सबै पुरुष फरार भएका हुन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय ५० वर्षीया पासपती देवीलाई पक्राउ गरेको छ । अनुसन्धानका लागि १५ वर्षीया सीमा कुमारी र ३५ वषर्ीया रेणु देवीलाई समेत नियन्त्रणमा लिएको छ । घटना संवेदनशील भएकाले आसपासमा सबै प्रहरी युनिटलाई घटनास्थलमा पठाइएको छ । शवलाई परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याइएको छ । घटनास्थल सदरमुकाम वीरगन्जबाट करिब ४० किलोमिटर पश्चिममा पर्छ । डेढ साताअघि विश्रामपुर-१ की ६५ वर्षीया एकल महिला सरस्वती चौरसियालाई पनि बोक्सीकै आरोपमा कुटपिट गर्दै आफन्तले मलमूत्र खुवाएका थिए । उनी अझै घर र्फकन सकेकी छैनन्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger