Widgets

Home » , » महिला फोटो पत्रकारसँग सामूहिक बलात्कार

महिला फोटो पत्रकारसँग सामूहिक बलात्कार

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

मुम्बई, भाद्र ८ - भारतको मुम्बईको परेल इलाकामा बिहीबार साँझ एक प्रशिक्षार्थी महिला फोटो पत्रकारसँग भएको सामूहिक बलात्कारका आरोपीमध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचार भएको पीडितसँग लिएको बयानका आधारमा प्रहरीले आरोपीहरूको स्केच जारी गरेको थियो । यस्तै, एक घटनामा गत डिसेम्बरमा नयाँदिल्लीमा एक २३ वर्षे छात्राको ज्यान गएको थियो । मुम्बईको प्रहरी आयुक्त सत्यपाल सिंहले पहिचानपछि अन्य चार आरोपीको खोजी भइरहेको बताए । सामाजिक बेइज्जती हुने त्रासमा पीडित पक्षले यो घटना लुकाउन खोजेका थिए । उनको स्वास्थ्य अवस्था गम्भीर देखेपछि चिकित्सकले प्रहरीलाई खबर गरेको थियो । घटनाको दुई घन्टापछि राति साढे ८ बजे सूचना पाउनबित्तिकै आरोपीलाई समाउन प्रहरी ८ टोली बनाएको थियो । सोधपुछका लागि केही शंकास्पदलाई प्रहरीले थुनामा राखेको छ । फोटो खिच्न पीडितसँगै हिँडेका युवकको पनि प्रहरीले बयान लिएको छ । एक अंग्रेजी पत्रिकाकी २३ वर्षे ती प्रशिक्षार्थी फोटो पत्रकार एक समाचार कथाका लागि तस्बिर खिच्न पुगेकी थिइन् । उनको पुरुष साथीलाई बाँधेर सामूहिक बलात्कार गरिएको थियो । भारतीय संसद्सम्म यो मामिला पुगेको छ । आशाराम बापुको मुद्दामा चुप रहे पनि विपक्षी भारतीय जनता पार्टीले यो घटनामा न्यायका माग गरेको छ । महाराष्ट्रका गृहमन्त्री आरआर पाटीले यो गम्भीर घटनाका दोषीलाई चाँडो पक्राउ गरिने बताए । मुम्बईको जसलोक अस्पतालमा उपचार गराइरहेकी पीडित युवतीको स्वास्थ्य स्थिर छ । भारतको दिल्लीको उत्तम नगर इलाकामा जागिर लगाइदिने प्रलोभनमा एक नवविवाहितासँग सामूहिक बलात्कार भएको छ । यो घटनामा दुई आरोपी पक्राउ परेका छन् भने एक फरार छन् । यसविरुद्ध शुक्रबार अपराह्नदेखि व्यापक प्रदर्शन भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger