Widgets

Home » , » सम्भावना र डर उत्तिकै साफ च्याम्पियनसिप ७ दिन बाँकी

सम्भावना र डर उत्तिकै साफ च्याम्पियनसिप ७ दिन बाँकी

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Football Team

काठमाडौ, भाद्र ८ - दक्षिण एसियाली फुटबल महासंघले पहिलोपल्ट सन् १९९७ मा साफ च्याम्पियनसिप काठमाडौंमा आयोजना गरेको थियो । ट्रफी स्वदेशमै राख्ने योजनासहित नेपालले राम्रो तयारी गर्‍यो । संन्यास संघारमा पुगेका नेपाली फुटबलका हस्तीहरू राजु शाक्य, उमेश प्रधान, राजेश मानन्धर, वसन्त गुरुङ र बाबुकाजी धौवन्जारले नेपाली राष्ट्रिय टिम सुसज्जित थियो । भर्खरै यू-१६ खेलेका वसन्त गौचन र कुमार थापाले पनि प्रतिभावान्का रूपमा राष्ट्रिय टिममा अवसर पाएका थिए । सोह्र वर्षपछि साफ च्याम्पियनसिपको आयोजना नेपाल फर्किएको छ । वसन्त र कुमारको प्रवेशजस्तै मान्नुपर्छ, यू-१६ का अनन्त तामाङ र विमल घर्तीमगर अहिलेको २५ सदस्यीय सिनियर टिममा छन् । उमेर ढल्कँदै र खेल खस्कँदै गएका एक जमात खेलाडी (जो संन्यासको नजिक छन्) पनि यथावत् छन् । अर्थात् १६ वर्षअघि र अहिलेको साफको पूर्वसन्ध्यामा नेपाली राष्ट्रिय टिमको स्वरूप मिल्दोजुल्दो नै छ । त्यसबेलाजस्तै अहिलेको तयारी पनि नराम्रो भन्न मिल्दैन । मुख्य प्रशिक्षक भीम थापाको नेतृत्वमा धनबहादुर बस्नेत, योगम्बर सुवाल र विराटकृष्ण श्रेष्ठले १९९७ को टिमलाई झन्डै दुई महिना प्रशिक्षण दिएका थिए । अहिले अमेरिकी प्रशिक्षक ज्याक स्टेफनोस्कीले खेलाडीको सीप निखार्न साढे दुई महिना (तीन साता वैदेशिक भ्रमणसहित) अवसर पाएका छन् । यस्तोमा नेपाली राष्ट्रिय टिम अहिले साफ च्याम्पियन बन्ने ध्याउन्नमा एकोहोरिएको छ । १६ वर्षअघिको स्थिति पनि ठीक उस्तै थियो । नेपाल घरेलु मैदान र दर्शकका साथसँगै लामो अवधिको 'राम्रो' तयारी भएकाले उपाधि जित्नेमा विश्वस्त थियो । प्रतिद्वन्द्वीहरू खासै बलिया थिएनन् । त्यसैले च्याम्पियन बन्ने नेपालको सम्भावना बलियै थियो । जब दशरथ रंगशालामा पहिलो संस्करणको साफ सुरु भयो, तब खेलाडी र खेलप्रेमी नेपाली एकाएक थाप्लोमा हात राख्न बाध्य भए । अर्थात् नतिजा अपेक्षाभन्दा विल्कुलै उल्टो निस्कियो । पहिलो खेलमा पाकिस्तानविरुद्ध २-० ले हारेपछि दोस्रो खेलमा नेपाली टिममा ठूलै फेरबदल गरियो । तैपनि श्रीलंकालाई नतिजा ३-१ ले सुम्पियो । र, नेपाल ६ देश सहभागी प्रतियोगिताको समूह चरणबाटै बाहिरियो । 'स्वदेशमै प्रतियोगिता भएकाले खेल जित्नैपर्छ भन्ने दबाब थियो । त्यसैले पहिलो खेलको नतिजा राम्रो भएन । त्यसपछि दबाब झन् बढ्यो । र, दोस्रो खेल पनि बिगि्रयो । पाकिस्तान र श्रीलंकालाई जितिहाल्छौं भन्ने ओभर कन्पिmडेन्स थियो । त्यही मनोविज्ञान खराबी बन्यो,' तत्कालीन मुख्य प्रशिक्षक भीम थापाले भने । थापाको त्यो टिम फाइनल नपुग्ने सोचिएको थिएन । त्यो असफलतासँगै उनी प्रतिस्पर्धात्मक फुटबलमा प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिए । कप्तान राजु करिअरको अन्तिम खेलमा बेन्चमै बस्नुपर्‍यो । उनीसँगै सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका उमेश, वसन्त र बाबुकाजीको खेलजीवनको बिदाइ स्वादिलो भएन । त्यसैले आठौं संस्करण आयोजनाको संघारमा आइपुग्दा नेपाली टिमप्रति प्रश्न तेर्सिएको छ, १९९७ कै कथा त दोहोरिने हैन ? उच्च दबाब नेपालले सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेयता अन्तर्राष्ट्रिय फुटबलमा सफलता हात पारेको छैन । त्यसयता सधैं उपाधि जित्ने आसमै सीमित छ । घरेलु मैदान र दर्शकको साथ पाएको टिमलाई सधैं बलियो मानिन्छ । यस्तोमा नेपाल आठौं साफमा जित्नैपर्ने दबाबबाट गुज्रिएको छ । नेपाली फुटबलप्रेमी पनि महत्त्वाकांक्षी बनेका छन्, कुनै पनि हालतमा उनीहरू उपाधि स्वदेशमै राख्न चाहन्छन् । साफ च्याम्पियन भए खेलाडी दुई वर्षअघि नै घोषित 'फ्ल्याट' पुरस्कार पाउने आसमा छन् । 'यस्तोमा नेपाली टिम मनोवैज्ञानिक रूपमा उच्च दबाबमा छ । जसले राम्रो गर्नसक्ने सम्भावना जत्तिकै बिग्रने डर सिर्जना गरेको छ,' प्रशिक्षक थापाले भने, 'क्षमताभन्दा आस बढी गरेपछि टिमलाई ओभर कन्पिmडेन्ट बनाउँछ । त्यसैले डर सिर्जना गर्छ । खेलाडीले डर लिएपछि ५० प्रतिशत पनि खेल्न सक्दैनन् ।' राष्ट्रिय टिमका पूर्वकप्तान उपेन्द्रमानसिंह ओभर कन्पिmडेन्ट भएकैले दुई वर्षअघि नयाँदिल्लीमा भएको सातौं साफको सेमिफाइनलमा नेपाल सेमिफाइनलमा अफगानिस्तानविरुद्ध हारेको बताउँछन् । तत्कालीन प्रशिक्षक ग्राहम रोबर्ट्सका सहायकसमेत रहेका उनले थपे, 'अफगानिस्तानविरुद्ध सेमिफाइनल खेल्ने निश्चित भएलगत्तै उसलाई सजिलै हराएर अब फाइनल पुग्यौं भन्ने पूरा टिमलाई लागेको थियो । तर, खेल सोचेजस्तो भएन ।' साफ १९९७ मा नेपालको गोलपोस्ट सम्हालेका उपेन्द्रले भने, 'दबाब सकारात्मक र नकारात्मक दुवै किसिमका हुन्छन् । सकारात्मक माने राम्रो गर्छ । नकारात्मक रूपमा लियो भने अत्तालिएर खेलाडीले राम्रो खेल्न सक्दैनन् ।' नेपाल अन्तर्राष्ट्रिय फुटबलमा सधंै गोलको खडेरीबाट तडपंदै आएको छ । स्वदेशी खेलमा दनादन गोल गर्ने फरवार्डहरू सन्तोष साहुखल, जुमनु राई र अनिल गुरुङ अन्तर्राष्ट्रिय खेलमा फितलो देखिने गर्छन् । साफमा पनि गोल गर्ने जिम्मेवारी उनीहरूकै छ । सातौं साफको समूह चरणमा बंगलादेशलाई १-० ले पराजित गरेयता नेपालले वरीयताप्राप्त प्रतिद्वन्द्वीलाई पराजित गर्न सकेको छैन । त्यसयता दक्षिण एसियाली टिमविरुद्धका नौ खेलमा नेपाल जितविहीन छ । यो अवधिमा नेपालले ३ बराबरी खेल्दै ६ खेल गुमाएको छ । दुईपल्ट सेमिफाइनल खेलेको नेपाल साफको फाइनलमा अहिलेसम्म पुगेको छैन । एउटै समूहमा परेका डिफेन्डिङ च्याम्पियन भारत, पूर्वविजेता बंगलादेश र पाकिस्तानको साफमा प्रदर्शन नेपालको तुलनामा निकै माथि छ । नेपालका निम्ति भुटान पनि गाह्रो प्रतिद्वन्द्वी हुन थालेको छ । दुई वर्षयता नेपाललाई घरेलु मैदान फापेको छैन । यसबीचका च्यालेन्ज कप र मैत्रीपूर्ण खेलका नतिजा सम्झनलायक रहेनन् । त्यसैले कठिन प्रतिद्वन्द्वीविरुद्ध जित्नैपर्ने दबाब नेपाली टिममा छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger