Widgets

Home » » तपाईं को ब्याइफ्रेन्डले के के कुरा भन्न रुचाउँदैनन् :.....

तपाईं को ब्याइफ्रेन्डले के के कुरा भन्न रुचाउँदैनन् :.....

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


महिलाको कुन कुराले पुरुषलाई आकर्षित गराउँछ भन्ने कुरा कहिले काँही पक्कै सोच्नुहुन्छ होला। आफ्नो पुरुषलाई के गर्दा खुसी पार्न सकिन्छ भनेर निकै सोच्नु पनि भएको होला। यहाँ २५ वर्ष पुगेका पुरुषहरुले प्रेमिकासँग के - के कुरा भन्न रुचाउँछ र के कुरा भन्दैनन् भन्ने कुराहरु उल्लेख गरिएको छ, १. ब्वाइफ्रेन्डको ट्याग मन पर्ने केहि विश्वास गरिएका तथ्यको ठीक विपरित पुरुषहरुलाई पनि मायामा मन पर्ने कुरा सार्वजनिक गरिएको छ। उनीहरुलाई ब्वाइफ्रेन्डको ट्याग मनपर्छ। सम्बन्ध गाँस्न डराउने अल्लारे ठिटाहरु जस्तै सबै पुरुषहरु कहाँ त्यस्ता हुन्छन् र ? २. सम्बन्धमा परिसकेपछि उनीहरु केहि खोल्न नचाहने एकचोटि कुनै पुरुषले आफ्नो मनको कुरा खोलिसकेपछि उनीहरु कुनै खेल खेल्न चाहँदैनन्। महिलाहरु तर्किने भए पुरुषहरु पनि तर्किने गर्दछन् फलस्वरुप सम्बन्ध चाँडै चिसिने डर हुन्छ। त्यसैले कसैको भावनासँग नखेल्दा नै राम्रो हुन्छ। ३. उनीहरुको साथीहरुले तपाईंलाई राम्रो मानोस् भन्ने चाहना साथीहरुको सल्लाह सुझाव, राम्रो, नराम्रो टिप्पणी पुरुषहरुका लागि निकै महत्वपूर्ण हुन्छ। यदि उनीहरुको साथीहरुले तपाईंलाई राम्रो मान्छन् भने उनीहरुलाई निकै खुसी लाग्ने गर्दछ। ४. उनीहरुको साथीलाई माया नगर्नुहोस् उनीहरुको साथीको निम्ति तपाईंले उनलाई धोका दिएको उनीहरु सहन सक्दैनन् किनभने उनीहरु तपाईंको पूरै शक्ति, ध्यान र समय उनीहरुमा नै केन्द्रित होस् भन्ने चाहन्छन् । ५. तपाईंलाई गुमाउँछु कि भन्ने डर मानिसहरुले पुरुषहरुलाई आफ्नो वशमा कसरी पार्ने भन्ने कुरा धेरै लेखिसकेका छन् तर यदि कोही पुरुषलाई कुनै महिला साँच्चै मनपरेको छ भने यसमा गाह्रो केहि पनि छैन। साँच्चै भन्नुपर्दा पुरुषहरु तपाईंबाट धोका पाइन्छ कि भन्ने कुरामा जहिले चिन्तित रहने गर्दछन् मात्र तपाईं उहाँको प्रेमिका बनिदिनुस् उहाँ त्यत्तिमा नै खुसी हुनुहुनेछ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger