भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हालैको एक अध्ययनले निकै रोचक तथ्य प्रकाशमा ल्याएको छ । अध्ययन अनुसार पुरुषहरु महिलाको तुलनामा सेक्स सम्बन्धि सपना बढि देख्छन् । उता महिलाहरु भने ऐठन पर्ने खालका तथा डराउने खालका सपना बढि देख्ने गर्छन् । क्यानडाको मन्टि्रयल विश्वविद्यालयका सोधकर्ताहरुले ११ वर्षलगाएर गरेको अध्ययन अनुसार २० देखि ३० वर्षो उमेरमा महिला तथा पुरुष दुबैमा राम्रा सपनाको मात्रा निकै कम हुन्छ । अध्ययन अनुसार सेक्सका विषयमा महिला र पुरुष दुबैले सपना देख्छन् तर यस्तो मात्रा महिलाको तुलनामा पुरुषमा बढि हुन्छ । अधिकांस पुरुषको सपनाको विषयवस्तु सेक्स हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सेक्सको सपना देख्छन् । र्सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए । त्यसमा लड्ने, तैरने, र्सप, बाढी तथा दाँत खसेको लगायतका पनि थिए । अध्ययन अनुसार ७३ प्रतिशत महिलाले नियमित सेक्सका सपना देख्छन् । धेरै महिला अर्थात् ८३ प्रतिशतले सपनामा आफुलाई कसैले पछ्याएको देख्छन् । यस्तै मरेको, अपांग भएको तथा र्सपले डसेको सपना पनि महिलाले धेरै देख्छन् । महिला र पुरुष दुबैले समान रुपमा देख्ने सपना भनेको कुनै ठाउँमा लडेका सपना हुन् । अध्ययन अनुसार उमेर बढ्दै जाँदा सपनाका प्रकारमा पनि कम हुँदै जान्छ अर्थात् मान्छेले सपना देख्ने दर कम हुन्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.