Widgets

Home » » आपसी सम्बन्धमा दूरी बढ्नुको संकेत........

आपसी सम्बन्धमा दूरी बढ्नुको संकेत........

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


भनिन्छ, सम्बन्ध जोड्न वर्षौं लाग्छ तर त्यही सम्बन्ध टुट्न मात्र क्षणभर पर्याप्त हुन्छ। कैयन पटक हामी आफ्नो दिनचर्यामा यति धेरै व्यस्त हुन्छौं कि वरपर भैरहेका परिवर्तनका सम्बन्धमा हामीलाई जानकारी हुँदैन। आपसी सम्बन्ध समाप्तितर्फ बढ्नुपूर्व केही संकेत देखापर्छ। आफ्नै असावधानी एवं लापरबाहीका कारण हामी ती संकेतलाई चिन्न सक्दैनौं र अन्ततः सम्बन्ध टुट्न पुग्छ। संकेत बुझ्ने प्रयास अचानक केही पनि हुँदैन, कुराहरू बिस्तारै परिवर्तीत हुँदै जान्छन्। आफ्नो साथीको शारीरिक संकेतहरूलाई बुझ्ने प्रयत्न गर्नुपर्छ। के पहिलेको तुलनामा कुनै परिवर्तन महसुस भैरहेको छ? के उनको हाउभाउ परिवर्तन हुँदै गएको छ ? के उनी पहिलेजस्तो आफूप्रति ध्यान दिइरहेका छै नन् वा आफ्नो कुरामा रुचि लिइरहेका छैनन्? आफू उनको नजिक हुँदा उनलाई असहज महसुस भएको प्रतित हुन्छ? अनिकटताका क्षणलाई उनी ध्यान दिइरहेका छैनन् ? सम्झना गर्ने प्रयत्न गरे पनि तपाईंलाई सम्झना छैन के उनले तपाईंलाई कहिले आलिंगन गरे वा चुम्बन गरे? आदि हाउभाउ एवं व्यवहारले धेरै कुरा अभिव्यक्त गर्छ। किनभने स्थिति नियन्त्रणभन्दा बाहिर जानुपूर्व सम्हालिनुपर्छ। प्रेम कतै हरायो कि ? दम्पतीबीच प्रेम र लगावको कमीका कारण आपसी सम्बन्धमा दूरी बढ्छ। यदि पहिले जस्तो आपसी सम्बन्धमा त्यो आकर्षण, लगाव र सामीप्यता महसुस हुँदैन भने त्यसले सम्बन्धमा खतराको संकेत गरेको कुरा बुझ्नुपर्छ। विवाहको प्रारम्भिक समयको तुलनामा पछिल्ला दिनमा रोमान्सको रोमाञ्चता विभिन्न कारण एवं परिस्थितिले अवश्य कम हुन्छ तर त्यो पूर्णरूपमा अन्त हुनु खतरापूर्ण परिस्थिति हो। व्यवहारमा परिवर्तन व्यवहारमा परिवर्तन आपसी सम्बन्धमा दूरी बढ्नुको तेस्रो संकेत हो। कतै उनी आफ्ना कुरामा ध्यान दिन छोड्दैछन् कि ? आफ्नो कुरामा उनको कुनै प्रतिक्रिया हुँदैन कि ? गम्भीर कुरालाई पनि नसुनेझैं गर्छन् कि ? प्रायः फुर्सद नभएको बहाना गरिरहन्छन् कि ? झनक्क रिसाउने स-साना कुरामा रिस पोख्ने जस्ता कुरा उनको व्यवहारमा देखा परिरहेको छ कि ? यी सबै कुराले आपसी सम्बन्धमा खतराको घन्टी बज्न थालेको संकेत गर्छ। अन्तरंग क्षणको कमी यदि उनी आफूसँग अन्तरंग क्षण व्यतीत गर्न आनाकानी गर्छन् भने यसले आपसी सम्बन्धमा दुरी बढ्न थालेको बुझ्नुपर्छ। श्रीमान्-श्रीमती दुईजना मात्र हुनुपर्ने स्थानमा कोही तेस्रो व्यक्तिको उपस्थिति हुन थाल्नु, आफूप्रति उनको उपेक्षापूर्ण व्यवहार बढ्न थाल्नु, आफूसँग एकान्तमा बस्न उनले आनाकानी गर्न थाल्नु आदि परिस्थिति सम्बन्धका लागि विष सरह हो। व्यक्तित्वमा परिवर्तन के आफूलाई महसुस हुन्छ कि उनी दिन-प्रतिदिन परिवर्तन हुँदैछन् ? आफ्नो व्यक्तित्वका सम्बन्धमा उनी पहलेभन्दा बढी सजग हुन थालेका छन् ? प्रतिदिन फेसनेबल पहिरनमा सजिन थालेका छन् ? आफूसँगको सम्बन्ध मक्किँदै गएको परिप्रेक्ष्यमा यो परिवर्तन किन हुँदैछ भन्ने कुरा बुझ्नु आवश्यक छ। यो कुरालाई राम्रोसँग मनन गर्नुपर्छ कि प्रायः पुरुष आफू जुन रूपमा छन् त्यसमै व्यस्त रहन्छन् तर अचानक तिनको बाहिरी व्यक्तित्वमा परिवर्तन आए तिनको जीवनमा केही नयाँ एवं रोमाञ्चक कुरा चलिरहेको छ भन्ने आशंका गर्नुपर्ने हुन्छ। हुनसक्छ, उनको जीवनमा अरू कसैले प्रवेश पायो कि ? सम्पर्कमा कठिनाइ के कहिल्यै यो कुरा विचार गर्नुभएको छ कि तपाईंले उनलाई दिनमा कतिपटक फोन गर्नुभयो र उनले आफूसँग कति पटक कुरा गरे? पछि कल ब्याक गर्छु भनेर दिनभरि नै फोन गरेनन् कि ? कति पटक फुर्सद नभएको बहाना बनाए ? के कुरा सोध्नु आवश्यक छ भने के साँच्चै उनी व्यस्त छन् वा बहाना बनाइरहेका छन्? उनमा आएको परिवर्तन आफूले बुझेको कुरा छ भन्ने कुरा उनलाई अनुभूति गराउनु आवश्यक छ। यदि यी सबै लक्षण देखा परिरहेका छन् भने, सचेत हुनैपर्छ। स्थितिलाई नजरअन्दाज गरेर त्यसमा सुधार आउँदैन, बरु अझ बिग्रँदै जान्छ। आफ्ना साथीसित यस विषयमा गम्भीरतापूर्वक कुरा गर्नु आवश्यक छ, होइन भने वास्तविकताको सामना गर्न तयार रहनुपर्छ। -

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger