Widgets

Home » , » ओस्कारमा सुनगाभा जाने

ओस्कारमा सुनगाभा जाने

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

काठमाडौ, भाद्र ८ - ६ महिनापछि अमेरिकाको लस एन्जल्समा हुने ८६ औं एकेडेमी अवार्ड्स (ओस्कार) को विदेशी भाषी समूहका लागि नेपालतर्फबाट फिल्म 'सुनगाभा' छानिएको छ । ओस्कारका लागि नेपालको छनोट समितिले शुक्रबार सुवर्ण थापा निर्देशित फिल्म सिफारिस गरेको हो । आमी फिल्मस्को ब्यानरमा लेस्वियन अधिकारलाई आत्मसात गरेको फिल्ममा दिया मास्के र निशा अधिकारीको मुख्य भूमिका रहेको छ । विमल पौडेल अध्यक्ष रहेको छनोट समितिले 'सुनगाभा' लाई कथ्यको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक बुनोटका आधारमा बाँकी प्रतिस्पर्धी फिल्मभन्दा अब्बल ठहर्‍याएको विज्ञप्तिमार्फत जनाएको छ । देशको प्रतिनिधित्वका लागि ओस्कार छनोटमा 'शिरिषको फूल', 'बधशाला' र 'साँघुरो' पनि थिए । तर ओस्कारका लागि छनोट भएलगत्तै 'सुनगाभा' ले देशको प्रतिनिधित्व गर्न नसक्ने भन्दै विवादमा पनि तानिएको छ । फिल्मका निर्देशक, निर्माता तथा लेखक सुवर्ण थापा फ्रान्सेली नागरिक भएकोले नेपाली फिल्ममा समेट्नु गल्ती हुने भन्दै विरोध पनि हुन थालेको छ । 'बधशाला' फिल्मका निर्माता मोहन डोटेलले आइतबार त्यसविरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने जनाए । भने, 'यो मुद्दा व्यक्ति वा फिल्म लक्षितभन्दा पनि प्रक्रियामा हो । गलत प्रक्रियाबाट फिल्म छानिनु र पठाइने संस्कार रोकियोस् भनेर कदम चाल्न खोजेको हुँ ।' ओस्कारमा छानिएको खुसीलाई विवादको घेराले छोपेपछि निराश देखिएका निर्देशक सुवर्णले आफू सन् २०१२ देखि फ्रान्सको नागरिकता लिएको स्वीकार गर्दै भने, 'कानुनतः म विदेशी नागरिक हुँला । तर यो फिल्ममा अरू सबै नेपाली छन् । र, मैले नेपाली मनले बनाएको हुँ । मैले नेपाली फिल्ममार्फत देशलाई नै विश्वमाझ चिनाउन खोजेको हुँ ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger