Widgets

Home » » बाल्टिमोरमा एक नेपाली युवकद्वारा आत्महत्या

बाल्टिमोरमा एक नेपाली युवकद्वारा आत्महत्या

Written By sangalo on Tuesday, July 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
hemबाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकले आत्महत्या गरेका छन् । कैलालीको धनगढी नगरपालिका-१, का २७ वर्षीय हेमन्त घिमिरेले शनिवार साँझ आफ्नै कोठामा  झुन्डिएर आत्महत्या गरेका हुन् । घिमिरे बाल्टिमोरको ड्रमक्यासल भन्ने ठाउँमा बस्दै आएका थिए ।
 सन् २०११ मा अध्ययनका लागि ओक्लोहोमा आएका हेमन्त त्यहाँबाट टेक्सास सरेर डेढ वर्ष अघि बाल्टिमोर आएका थिए । विगत चार महिनादेखि बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड अस्पतालमा उपचाररत घिमिरे जुलाई पाँच तारिख शुक्रवार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।  केही दिन आफुसंग बसेपछि अब आफु पूर्ण स्वस्थ भएको भन्दै हेमन्त गत विहीवार मात्र साथीभाइसंग मिलेर  बस्ने भन्दै ड्रमक्यासलमा गएको वताइएको छ ।
 शनिवार साँझ कामबाट फर्केका उनका साथीहरुले हेमन्तलाई कोठामा नदेखेपछि खोज्दै जाँदा ढोका नजिकैको सानो क्लोजेटमा खादाको पासोकोमा झुन्डिएको अवस्थामा फेला पारेका थिए । हाल उनको शवलाई बाल्टिमोरस्थित एक शवदाह गृहमा राखिएको छ । हेमन्तका बाबुआमा र एक भाई काठमाडौमा बस्दै आएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger