Widgets

Home » » ‘आमा’का तिन हिरोइनको नृत्य, एनएफडीसी अवार्डको मुख्य आकर्षण

‘आमा’का तिन हिरोइनको नृत्य, एनएफडीसी अवार्डको मुख्य आकर्षण

Written By sangalo on Tuesday, July 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपालबाट बनेको पहिलो चलचित्र ‘आमा’बाट डोरिदै आएको सिने नगरी ५० बर्षमा रमाइरहेको छ । ५० बर्षलाई उत्सवको रुपमा मनाउन नेपाल चलचित्र बिकास कम्पनी -एनएफडीसी) जोडतोडका साथ लागिरहेको छ ।साउन ५ गते आयोजना हुन लागेको अवार्ड कार्यक्रमलाई अझ बिशेष बनाउन ‘आमा’ चलचित्रका तिन हिरोइनहरु मिहिनेत गरिरहेका छन् । नायिकात्रय बसुन्धरा भुषाल, चैत्यदेवी र भुवन चन्द यतिबेला नेपाल चलचित्र बिकास कम्पनीको हलमा नृत्य रिहर्सल गरिरहेका छन् ।कार्यक्रमका आयोजक प्रमुख उद्दब पौडेलको बिशेष आग्रहमा तिन हिरोइन पुन एकपटक नाच्ने तयारीमा छिन् । बुढेसकाल लागेकाले पनि तिन हिरोइन कम्मर मर्काउन केही गाह्रो भएको बताउछन् । ‘हाम्रो मन भित्र नेपाली चलचित्र’ बोलको गीतमा तिन नायिकालाई अवार्ड कार्यक्रममा प्रस्तुती राख्दै गरेको अवस्थामा देख्न सकिनेछ । तिन नायिकालाई नृत्य निर्देशक कविराज गहतराजले नृत्य सिकाइरहेका छन् । यो अवार्ड कार्यक्रममा नेपालका चर्चित कलाकारको साथमा विदेशबाट समेत चर्चित अनुहारहरु सहभागी हुँदैछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger