Widgets

Home » » जन्मदिन मनाउन कटि्रना लण्डनमा, फिल्म नआउदा घट्यो बजार

जन्मदिन मनाउन कटि्रना लण्डनमा, फिल्म नआउदा घट्यो बजार

Written By sangalo on Tuesday, July 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड सुन्दर नायिका कटि्रना कैफ आफ्नो जन्मदिन मनाउन लण्डन पुगेकी छिन् । १५ बर्ष अघि भारत आएकी कटि्रनाले बलिउडमा यतिबेला राज गरिरहेकी छिन् । बलिउड प्रवेशसँगै नायक सलमान खानको प्रेमिकाको रुपमा चिनिएकी कटि्रना हाल अर्का नायक रणवीर कपुरसँग नजिक छिन् ।रणवीरसँग स्पेनमा छुट्टी मनाएर फर्के लगतै कटि्रना साउन १ अर्थात जुलाई १६ मा परेको आफ्नो जन्मदिन मनाउन लण्डन पुगेकी हुन् । यो बर्षको अन्त्यमा मात्र कटि्रनाको चलचित्र ‘धुम ३’ आउने छ । यसैले पनि उनी यतिबेला खाली बसेकी छिन् ।
कटि्रनाको सिनेमा नआउदा अन्य नायिकाले उछिनेको विश्लेषण गरिएको छ । नायिका दीपिका पादुकोणले अभिनय गरेका सिनेमाले लगातार १ सय करोडको क्लबमा सामेल भइरहदा कटि्रना भने खाली हात बसेकी छिन् । गतबर्ष उनले अभिनय गरेका दुई चलचित्र ‘एक था टाइगर’ र ‘जब तक हे जान’ १ सय करोडको क्लबमा नाम लेखाउन सफल भएका थिए ।
बलिउड प्रवेशसँगै चर्चामा आउन सफल कटि्रनाको जन्मदिनमा उनी त खुशी छिन् नै उनका फ्यानहरु पनि निक्कै खुशी छिन् । बलिउड सुन्दर नायिका कटि्रनालाई जन्मदिनको अवसरमा हाम्रो तर्फबाट पनि शुभकामना ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger