Widgets

Home » » ‘फेसलुक’ लाई ‘फेसबुक’ले मुद्दा हाल्ने

‘फेसलुक’ लाई ‘फेसबुक’ले मुद्दा हाल्ने

Written By sangalo on Tuesday, July 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दुबइमा फेसलुक भन्ने नाम राखेर एक हेयर ड्रेसर सैलुन खुलेपछि कपाल काट्नेहरुलाई त राम्रै भयो तर फेसबुकलाई भने उठ्नु रिस उठेको छ । रिस मात्र होइन फेसबुकले त्यो फेसलुक विरुद्ध मुद्दा समेल हाल्ने तयारी गरेको छ ।
facelook
एक अरब प्रयोगकर्ता रहेको विश्वको नम्बर वन सामाजिक संजाल फेसबुकले नाथे एउटा कपाल काट्ने सैलुन विरुद्ध आखिर किन मुद्दा हाल्नुपरेको होला ? भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो । वास्तवमा त्यो सैलुनले आफ्नो जस्तै नाम मात्र होइन लोगो समेत चोरेको भन्दै फेसबुकले मुद्दा हाल्न सोँच बनाएको हो ।
यो पुरुष सैलुनको बाहिर ठूलो बोर्डमा निलो पृष्ठभूमिमा सेता अंग्रेजी अक्षरमा फेसलुक लेखिएको छ जुन झ्वाट्ट हेर्दा फेसबुक भन्ने जस्तै देखिन्छ ।
facebook
अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको फेसबुकले दुबइको त्यो हेयर सैलुनले आफ्नो बौद्धिक सम्पत्ति उल्लंघन गरे नगरेको विषयमा अनुसन्धान गरिरहेको र यदि बौद्धिक सम्पत्ति उल्लंघन भएको निष्कर्षमा पुगिएमा त्यो सैलुन विरुद्द कानूनी उपचारको बाटो रोज्ने तयारी गरिरहेको बताइएको छ ।
तर फेसलुकका संचालकले भने आफ्नो सैलुनको नाम फेसबुकसँग मिल्दो देखिनु केवल संयोगमात्र रहेको दाबी गरेका छन् । आफ्नो नाम बताउन नचाहेका ती संचालकले आफुले युएइको श्रम कानूनको आधारमा देशमा आफ्नो सैलुनको नाम वैधानिक रुपमा दर्ता ग्ाराएको दाबी गरे । आफ्नो कम्पनीको लोगो र नामको ढाँचा फेसबुकको भन्दा रंग र फन्टमा फरक रहेको उनको भनाइ छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger