Widgets

Home » » आइफोनमा करेन्ट लाग्दा युवतीको मृत्यु , एप्पलले छानविन गर्ने

आइफोनमा करेन्ट लाग्दा युवतीको मृत्यु , एप्पलले छानविन गर्ने

Written By sangalo on Tuesday, July 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आइफोनमा कुराकानी गर्दागर्दै करेन्टको झट्का लागेपछि एकजना चिनिया युवतीको मृत्यु भएको छ । चार्ज भैरहेको आइफोन ५ मा कल आएपछि फोन उठाएर कुरा गर्दा तत्कालै ती २३ वर्षकी युवतीलाई करेन्ट लागेको बताइएको छ ।
iphone
चिनिया संचार माध्यम सिन्ह्वाका अनुसार पश्चिमी जिनजियाङकी २३ वर्षीया मा अइलुनको आइफोनमा करेन्ट लाग्दा बिहिबार ज्यान गएको पुष्टि गरेको छ । चिनिया माइक्रोब्लगिङ साइटमा घटनाबारे उल्लेख गर्दै ज्यान गुमाउने युवतीले बहिनीले आइफोनमा कुरा गर्दा करेन्ट लागेर आफ्नी दिदीको तत्कालै मृत्यु भएको भन्दै आइफोनको प्रयोग गर्दा होसियारी अपनाउन अपिल गरेकी छिन् ।
उता यस घटनाप्रति चासो देखाउँदै आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले मृतक युवतीका परिवारप्रति समवेदना प्रकट गरेको छ र घटनाको पूर्णरुपमा छानविन गर्ने र छानविनका लागि चिनिया अधिकारीहरुलाई समेत सहयोग गर्ने जनाएको छ ।
स्मरण रहोस् चिनिया संचार माध्यम तथा उपभोक्ताको चर्को आलोचनापछि गएको अपि्रलमा एप्पलले चिनिया उपभोक्तासँग माफी माग्दै चिनमा आइफोनको वारेन्टी नीतिमा परिवर्तन गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger