Widgets

Home » , » मापसे चेकिङ गर्ने ट्राफिकले खाए चिनियाँको कुटाई

मापसे चेकिङ गर्ने ट्राफिकले खाए चिनियाँको कुटाई

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० भदौ, काठमाण्डौं । मादकपदार्थ सेवन गरी सवारी चलाएको आशंकामा चेकजाँच गर्ने क्रममा एक ट्राफिक प्रहरी कुटिएका छन् । दुई चिनियाँ नागरिकले महानगरीय प्रहरी प्रभाग कमलपोखरीका ट्राफिक जवानलाई शनिबार बेलुका निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट चेकजाँच गर्ने प्रहरी जवान छविलाल बुढाथोकीको टाउको तथा खुट्टामा चोट लागेको छ । कुटपिट गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेको नयाँ पत्रिकामा खबर छ । शनिबार बेलुका कमलपोखरीमा चेकिङमा रहेका प्रहरी जवान बुढाथोकीलाई कुटपीट गर्ने चिनियाँ नागरिकद्वय अन्टेन्सई र जेङ जुन्यान पक्राउ परेका थिए । उनीहरुमध्ये एकजना छुटेका छन् भने अर्कालाई सार्वजनिक अपराध मुद्दा चलाउने महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी वसन्त पन्तले बताए । बेलुका करिब पौने दश बजे ट्राफिक प्रहरी र सिभिल प्रहरी कमलपोखरी वृत्तनजिक चेकिङ गरिरहेका थिए । जवान बुढाथोकीले बा ३ च ४२८५ नम्बरको गाडी चलाएर आएका चिनियाँलाई रोकेर लाइसेन्स मागेका थिए । जुन्यानले आफ्नो चिनियाँ लाइसेन्स झिकेर देखाएका थिए । त्यही क्रममा छेउमा रहेका अन्टेन्सइले गाडीबाट झरेर जवानलाई कुटपिट गरेका थिए । प्रहरीका अनुसार दुवै चिनियाँ नागरिक मेलम्ची खानेपानी आयोजनामा कार्यरत छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger