Widgets

Home » , » टाइसन मृत्युको मुखमा

टाइसन मृत्युको मुखमा

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
टाइसन मृत्युको मुखमा
न्युयोर्क- एक समयका सबै भन्दा सफल र चर्चित बक्सर माइक टाइसनले ड्रग्स र मदिराले आफ्नो जिन्दगी बार्वाद गरेको बताएका छन्। टाइसनले विगतमा आफ्नो ब्यवहार खराब भएको पनि स्वीकार गरेका छन्। यो समस्याबाट बाहिर निस्कने उनले आशा व्यक्त गरेका छन्। टेलीभिजन च्यानल इएसपिएनको कार्यक्रम 'फ्राइडे नाइट फाइट्स' मा ४७ वर्षीय टाइसनले आफूले सादा जीवन जिउन चाहेको बताए। उनले भने 'म मृत्यु नजिक छु किन भने म नसामा फसेको छु।' कहिले काहीँ खराब मान्छे बन्ने गरेको स्वीकार्दै उनले भनेका छन् 'मैले केही खराब काम गरेँ तर म यी सबै भुल्न चाहन्छु।' आफूले पछिल्ला ६ दिनमा मदिरा र ड्रग्स नलिएको बताएका छन्। उनले यो आफ्नो लागि आश्चार्य भएको पनि बताएका छन्। उनले सबैसँग आफू राम्रो मान्छे भएको भन्दै झुटो बोल्ने गरेको पनि बताएका छन्। सन् १९८७ मा टाइसन २० बर्षकै उमेरमा डब्लुयुबीसी, डब्ल्यसबीए तथा आइडब्ल्युएफ जस्ता उपाधि जित्ने युवा बक्सर बनेका थिए। त्यसको ५ वर्षपछि टाइसन बलत्कारको मुद्दामा दोषी ठहरिए र ६ वर्ष कैद सजाय पाए। त्यस पछि उनी रिङमा आए र २००६ मा खेलबाट सन्यास लिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger