Widgets

Home » , » जेभियर र साइपाल च्याम्पियन

जेभियर र साइपाल च्याम्पियन

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, भाद्र १० - जेभियर अन्तरकलेज प्लस टु यू-१९ बास्केटबलमा आइतबार छात्रतर्फ आयोजक जेभियर इन्टरनेसनल कलेज र छात्रातर्फ साइपाल च्याम्पियन बनेका छन् । फाइनलमा टि्रनिटीलाई ७५-६१ ले हराउँदै छात्रर्फको उपाधि जेभियरले रक्षा गर्‍यो । पहिलो क्वाटरमा १५-८ को अग्रता लिएको जेभियरविरुद्ध टि्रनिटीले दोस्रो क्वाटरमा १९-१३ को नतिजा निकालेको थियो । तर तेस्रो क्वाटरमा टि्रनिटी फेरि १६-१९ ले पछि पर्‍यो । अन्तिम क्वाटर २८-१८ ले जेभियरले आफ्नो पक्षमा पारेको हो । फाइनलमा जेभियरका विनेश न्यौपाने र रानाल शेरचनले सर्वाधिक २३-२३ स्कोर गर्दै टोलिलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेले । विनेश प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत चुनिए । यसअघि सेमिफाइनलमा सीसीआरसीलाई हराउँदै जेभियरले फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको छात्रातर्फ साइपालले गोल्डेनगेटको चुनौती ५०-४१ ले पन्छायो । समूह चरणमा व्यहोरेको हारको बदला लिने क्रममा साइपालले पहिलो क्वाटरमा गोल्डेनगेटलाई २०-१२ ले पछि पार्‍यो । दोस्रो क्वाटरमा गोल्डेनगेट १४-१३ ले अघि रहे पनि तेस्रो क्वाटरमा उही गतिलाई निरन्तरता दिन सकेन । तेस्रो क्वाटर १०-७ ले आफ्नो पक्षमा पारेको साइपालले अन्तिम क्वाटरमा १७-८ को नतिजा निकाल्दै समग्रमा ५०-४१ ले खेल जित्यो । साइपालबाट शान्ति श्रेष्ठले सर्वाधिक १५ स्कोर गरिन् । साइपालकै उपमा पोखरेल छात्रातर्फ सर्वोत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल रहिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger