Widgets

Home » , » सात वर्षकी बालिका बलात्कार गर्ने पक्राउ

सात वर्षकी बालिका बलात्कार गर्ने पक्राउ

Written By sangalo on Friday, August 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
७ भदौ, बर्दिवास । महोत्तरीको हरिहरपुर हरिनमरी गाउँमा एक सात वर्षकी दलित बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत मङ्गलबार साँझ सो गाउँकी दलित बालिकालाई बलात्कार गर्ने हरिहरपुर हरिनमरी-७ का बिल्टु दासका १७ वर्षका छोरा नब्बु दास तत्मालाई बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घटनापछि फरार भएको दासलाई सीतापुर प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक तुल्सीप्रसाद अधिकारीले बताउनुभयो । पक्राउ परेका दासलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जिम्मा लगाइएको छ । सात वर्षकी ती बालिका बारीमा तरकारी टिप्न गएका बेला उनको मुख थुनी बलात्कार गरेको अभियुक्त दासले स्वीकार गरेको प्रहरीको भनाइ छ । पीडित बालिकालाई बर्दिवास अस्पतालमा उपचार गराई उनका अभिभावकलाई जिम्मा लगाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger