भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, भाद्र ७ - बक्सिङका मोहमद अलि । फुटबलका पेले अथवा म्याराडोना । र, बास्केटबलका माइकल जोर्डन । अन्तर्राष्ट्रिय खेलकुदका महान् खेलाडी हुन्, उनीहरू । लगभग सबैले चिन्ने र सबैका पि्रय पनि । 'मेरो इच्छा हो, उनीहरूसँगै मेरो पनि नाम आओस्,' युसेन बोल्टको उद्देश्य हुने गर्छ । माइकल जोन्सन एथलेटिक्सका उत्तिकै नाम चलेका र सफल खेलाडी थिए । जोन्सन आफैंले भनिसकेका छन्, 'अन्तर्राष्ट्रिय एथलेटिक्सले अहिलेसम्म पाएका सबैभन्दा ठूला स्टार कोही हुन् भने ती निर्विवाद रूपमा बोल्ट हुन् ।' जोन्सन केसम्म मान्छन् भने अब अलि, पेले, म्याराडोना अथवा जोर्डनपछि बोल्टको नाम लिँदा केही फरक पर्दैन । 'एथलेटिक्सले बोल्टजस्तो खेलाडी पाउनु ठूलो उपलब्धि हो,' जोन्सनको भनाइ छ । उनी फुटबल र क्रिकेट पनि उत्तिकै स्वादले पछ्याउने गर्छन् । क्रिकेटमा केही नयाँ नौलो भयो भने टि्वट गरिहाल्छन् । बोल्टले एकपल्ट प|mेन्ड्ली खेलमा वेस्ट-इन्डिजका क्रिस गायललाई बोल्ड गरेका थिए भने उनकै बलमा छक्का पनि प्रहार गरेका थिए । उनी म्यानचेस्टर युनाइटेड फुटबल क्लबका खास पmयान त भइहाले । बोल्टमा कुनै न कुनै दिन म्यानचेस्टरबाट इङ्लिस पि्रमियर लिग खेल्ने इच्छा पनि छ । उनी भर्खरै २६ वर्षका भए, के थाहा कहिले के हुने हो ? तर एथलेटिक्सका लागि उनले गरेको योगदान भने कसैले मेट्न सक्ने छैनन् । मस्कोमा भएको वल्र्ड एथलेटिक्स च्याम्पियनसिपमा बोल्टको जादू छाइरह्यो । उनी एथलेटिक्सका त्यस्ता खेलाडी निस्के, जसले पचास हजारभन्दा बढी दर्शक केही क्षणको खेलका लागि तान्न सक्यो । बक्सिङको हेभिवेट भिडन्त र एथलेटिक्समा सय मिटरको दौड त्यस्ता दुई स्पर्धा हुन्, जसले जहिल्यै चर्चा पाउने गर्छ । अचेल बक्सिङको चमक आरालो लागेको छ । एथलेटिक्स भने अहिले पनि जताततै छाउने गरेको छ । र, त्यसको सबैभन्दा ठूलो श्रेय उनै बोल्टलाई दिने गरिन्छ । खासमा यसपल्टको वल्र्ड एथलेटिक्स च्याम्पियनसिप त्यस्तो समयमा भएको थियो, जति बेला एथलेटिक्स नमीठोसँग फेरि एकपल्ट डोपिङ काण्डमा फसेको थियो । एकपछि अर्को ठूला स्टार लगातार डोपिङमा फसिरहेका थिए । बोल्टले त्यो ठूला न ठूलो समस्यालाई पनि ओझेलमा पार्ने काम गरे । स्पि्रन्टर बोल्टले रुसमा तीन स्वर्ण जिते, सय मिटर, दुई सय मिटर र सय गुणा चार सय मिटर रिलेमा । वल्र्ड एथलेटिक्समा उनले जितेको पदक संख्या दस पुगेको छ । त्यसमध्ये आठ स्वर्ण छन् भने बाँकी दुई रजत । कार्ल लेविस र एल्सन फेलिक्सले पनि दस पदक जितेका थिए । तर त्यसमा आठ स्वर्ण, एक रजत र एक कांस्य थिए । 'अब पदकले नै भन्छ, एथलेटिक्सका सबैभन्दा ठूला स्टार को हुन भनेर,' जोन्सनले आपmनो कोलममा लेखेका छन्, 'मैले आपmनो जीवनमा उनी जत्तिको खेलाडी देखेको छैन ।' आखिरमा अहिले सबैको मुखमा खालि बोल्टको नाम मात्र किन झुन्डिएको हो त ? उनले जितेका पदक आफैंले यो तथ्य खुलाउँछ । यस मिटरतर्फ उनी सन् २००८ र २०१२ को ओलम्पिकका स्वर्ण पदकधारी पनि हुन् । उनले यस्तै उपलब्धि सन् २००९ र २०१३ को वल्र्ड एथलेटिक्स च्याम्पियनसिपमा पनि दोहोर्याए । दुई सय मिटरको दौडमा उनको ओलम्पिक उपलब्धि सय मिटरजस्तै छ । र, यो उपलब्धि सय गुणा चार सय मिटर रिलेमा पनि कायम छ । अर्थात् छ स्वर्णको प्रदर्शन । यस्तोमा उनी ओलम्पिकमा तीन स्वर्णको उपलब्धि रक्षा गर्ने अहिलेसम्मकै एक्लो खेलाडी हुन् । दुई सय मिटरमा २००९ देखि २०१३ सम्म लगातार तीनपल्ट वल्र्ड च्याम्पिनसिपको स्वर्ण जिते । रिलेमा पनि उनले लगातार तीन अवसरमा स्वर्ण जितिसकेका छन् । सन् २०११ मा डेगुमा भएको वल्र्ड च्याम्पियनसिपमा भने उनी सय मिटरतर्फ फल्स स्टार्टको सिकार भएका थिए । सन् २००९ मा बर्लिनमा भएको वल्र्ड च्याम्पिनसिपमा उनका लागि अझ धेरै सम्झनालायक रह्यो । उनले सय र दुई सय मिटर दौड दुवैमा नयाँ विश्व कीर्तिमान राखे । सय मिटरमा ९.५८ सेकेन्ड र दुई सय मिटरमा १९.१९ सेकेन्डको प्रदर्शन दुर्लभ र अद्वितीय मानिएको छ । अहिलेसम्म दुई कीर्तिमान तोडिने कुनै छाँट छैन । सके, बोल्ट आफैंले तोड्ने होला । यी सबै कारणले उनलाई 'लाइटिङ बोल्ट' पनि भनिन्छ । एथलेटिक्समा उनी जत्तिको कमाउ खेलाडी अरू कोही छैन । एथलेटिक्समा उनी जत्तिको बजार मूल्य भएको खेलाडी पनि कोही छैन् । जमैकाका किङ्सटनमा हुर्के बढेका बोल्टमा सानै उमेरदेखि तीव्र गति धावक बन्ने गुण देखिएको थियो । उनी आफैंले पनि एथलेटिक्स भन्दा पर केही सोचेनन् । खासमा उनी दुई सय मिटरमा महारथ प्राप्त धावक हुन् । पछि सय मिटरमा पनि आपmनो पकड बनाए । मस्कोमा यसपल्ट किन नयाँ कीर्तिमान बनेन त ? 'यसको आवश्यकता नै परेन,' रसिक देखिन रुचाउन बोल्टको उत्तर थियो । हुन पनि तीन स्पर्धाको दौडमा कोही पनि प्रतिद्वन्द्वी खेलाडी उनको छेउछाउ पुग्न सकेन । र, प्रश्न के पनि रहन्छ भने बोल्ट किन यति सफल स्पि्रन्टर रहे त ? विज्ञानले उसको उत्तर खोज्ने प्रयास पनि गरेको छ । उनीमाथि अनुसन्धान गर्ने वैज्ञानिकहरूका अनुसार यी छ फिट पाँच इन्च अग्ला धावक दुई हजार छ सयभन्दा बढी वाटको शक्तिभै+m दौडिने गर्छन् । उनी प्रत्येक सेकेन्ड १२ मिटरभन्दा बढी दौडिन सक्छन् । यस्ताै अरू कसैले गर्न सक्दैन । दौडिँदा विपरीत दिशाबाट बगिरहेको हावासँग प्रतिरोध गर्ने क्षमता पनि उनमै छ । एउटा स्काई ड्राइभर प्यारासुट खोल्न अगाडि जुन गतिमा पृथ्वीतिर र्झछन् अथवा एउटा हेभिवेट बक्सरले आपmना प्रतिद्वन्द्वीलाई शक्तिशाली मुक्का प्रहार गर्छन्, बोल्ट त्यही गतिमा दौडिन सक्छन् । यी सबै कारणभन्दा ठूलो बोल्टमा सफलताप्रति जुन प्रकारको भोक छ, त्यो अरू कोहीमा पनि छैन । 'एकपछि अर्को सफलता पाउन म धेरै मिहिनेत गर्छु,' बोल्ट आफैं भन्ने गर्छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.