Widgets

Home » , » आमाछोरा मृत भेटिए, हत्या भएको आशंका

आमाछोरा मृत भेटिए, हत्या भएको आशंका

Written By sangalo on Friday, August 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
७ भदौ, दोलखा । दोलखाको बोच गाविसस्थित चरङ्गेमा आज बिहान दुई आमा छोरा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । बोच- १ घर भएकी ४० वर्षकी राधिका श्रेष्ठ र उनका छोरा १२ वर्षका सन्देश श्रेष्ठ चरङ्गेस्थित आफ्नै होटलमा मृत फेला परेका हुन् । मृतकमध्ये राधिकाको टाउकोमा सामान्य चोट देखिएको छ । प्रहरी टोली अहिले घटनास्थल पुगेर अनुसन्धान थालेको दोलखाका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो । मृतक महिलाको टाउकोमा चोट देखिएका कारण उनीहरु दुवैको कर्तव्य गरी हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतक महिलाको श्रीमान्को पनि केही वर्षअघि साउदी अरवमा मृत्यु भएको थियो । वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका श्रीमान्को मृत्यु भएपछि उनी छोराको साथमा चरङ्गेेमा होटल गरेर बस्दै आएकी थिइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger