Widgets

Home » , » दुर्व्यवहारको विरोधमा ३९ चिकित्सकद्वारा राजीनामा अञ्चल अस्पतालमा बहिरंग सेवा ठप्प

दुर्व्यवहारको विरोधमा ३९ चिकित्सकद्वारा राजीनामा अञ्चल अस्पतालमा बहिरंग सेवा ठप्प

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Koshi

विराटनगर‍, भाद्र ९ - बहिरंग विभागमा विरामी जाँच्दै गरेका चिकित्सक योगेन्द्र मिश्रालाई कठालोमा समातेर बाहिर निकाली दुर्व्यवहार गर्ने समूहमाथि प्रशासनले कारवाही नगरेको भन्दै आइतबारदेखि कोशी अञ्चल अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकको सुरक्षा हुनु पर्ने माग राख्दै उनीहरुले ३९ जनाको सामूहिक राजीनामा स्वास्थ्य मन्त्रालयमा पठाएका छन् । राजीनामा पत्रमा उनीहरुले 'अभद्र र अमानविय व्यवहार र घटना हुने गरेकाले असुरक्षित महसुस गरेको र काम गर्ने वातावरण नभएकाले सामूहिक राजीनामा दिने निर्णय गरिएको' उल्लेख छ । घटनालगतै क्षेत्रीय प्रशासक शंकर अधिकारीले कोशी अञ्चल अस्पतालमै गएर चिकित्सकहरुलाई 'सुरक्षाको पूर्ण ग्यारेन्टी गर्छु' भन्दै काममा फर्कन आग्रह गरेका थिए । तर, चिकित्सकहरुले दोषीलाई पक्राउ नगरिएसम्म काममा नफर्कने बरु राजीनामा दिने बताएका थिए । मेडिकल सुपरिटेन्डेन्ट उमाकान्त झाले अस्पताल सुचारु गराउन आफुले हर सम्भव प्रयास गरिरहेको बताए । बिहीबार सिरहाको लक्ष्मीपुरकी २७ वर्षीया काजमा प्रवीनको अप्रेशन गरि पेटबाट बच्चा झिकिएको थियो । तर शुक्रबार विहान २ बजे उनलाई छातीमा एक्कासी पीडा भएपछि केही समयमै उनको मृत्यु भएको थियो । अप्रेशन गरि आमा बच्चा दुवैलाई सकुशल पोष्ट-अपमा सारे पनि प्रवीनको मृत्यु भएपछि अस्पतालका प्रसूति विभाग प्रमुख डा.योगेन्द्र मिश्रमाथि मृतकका आफन्तहरुले हातपात गरेका थिए । उनको मृत्यु मुटुमा 'एयर बबल' छिरेकोले भएको हुन सक्ने अस्पतालले जनाएको छ । तर आफन्तले लापरवाहीले भएको भन्दै दुई नाबालक छोराहरूको लालनपालनका लागि २० लाख रुपैयाँ क्षतिपूर्ति मागेपछि प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको कार्यकक्षमा भएको वार्ता विफल भएको थियो । मृतकका पति मोहमद साविर खान प्रहरी हवलदार हुन् । उनी हाल जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलका सवारी चालकको ड्युटीमा छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger