Widgets

Home » , » दुतावासको टोली बद्री-केदारतर्फ

दुतावासको टोली बद्री-केदारतर्फ

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

नयाँ दिल्ली, भाद्र ९ - उत्तराखण्डको बद्री-केदारमा दुई महिनाअघि गएको बाढीपहिरोमा परेका नेपालीको स्थिति पहिचान र घटनाको थप विवरण लिन दिल्लीस्थित दुतावासको एक टोली हरिद्धार ऋषिकेश पुगेको छ । दुतावासका काउन्सेलर यदु खरेल तथा हरिद्धारस्थित नेपाली समाजका समन्वयी पुष्पराज पाण्डेय तथा तारा चन्द, गुप्तकाशीका स्थानीय पत्रकार लखपत राना यो भ्रमण टोलीमा संलग्न छन् । 'हामी अहिले सोनप्रयागबाट गौरीकुण्ड हिँडेर जाँदैछौं,'समन्वयी पाण्डेयले आइतबार दिउँसो फोनमा भने,'गुप्तकाशीसम्मको गाडी बाटो सहज भएपनि त्यहाँबाटमाथि अझै असम्भावप्राय छ ।' पाण्डेका अनुसार अझै पनि आफ्ना मृतक आफन्त खोज्न आउने नेपालीहरु यी क्षेत्रहरुमा भेटिएका छन् । स्थानीय प्रहरी सूचना दर्ता गराएको र अन्य आधारमा झण्डै ५ सय नेपाली बद्री-केदारको प्राकृतिक बिपत्तीमा परेको अनुमान छ । उत्तराखण्ड राज्य सरकारले ६ हजार तिर्थालु र अन्य यो बिपत्तीमा परेर बेपत्ता बनेको तथ्यांक बाहिर ल्याएको थियो । नेपाल सरकारले भने आफ्ना नागरिक बेपत्ता बनेको र दुइ सय जति मृतकको नाम आइसक्दा समेत क्षतीपुर्ती वा सामवेदना दिने औपचारिकता समेत निर्वाह गरेको छैन । घटना भएको दुई महिनापछि मुख्य सचिवले दिएको निर्देशनमा परराष्ट्रले दुतावासको टोलीलाई स्थलगत अध्यनका लागि बद्री-केदार पठाएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger