Widgets

Home » , » प्रेम प्रस्ताव राख्न अनौठो जुक्ति (फोटोफिचर)

प्रेम प्रस्ताव राख्न अनौठो जुक्ति (फोटोफिचर)

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भनिन्छ प्रकृति प्रेमको खानी हो । चराचर जगत प्रेमले भरिपूर्ण छ, मात्र प्रेमलाई अनुभुति गर्न सक्नुपर्छ । मानिसले मानिसलाई गर्ने प्रेम खासै नौलो कुरा भएन । तर प्रेमका लागि वा प्रेम पाउनका लागि मान्छेले विभिन्न जुक्ति लगाउँछ । कतिपय मान्छेले आफुले मन पराएको मान्छे सामु प्रेम प्रस्ताव राख्नका लागि निकै अनौठो प्रयोग गर्छ । प्रकृतिमा प्रेमका एक से एक प्रतिक छन् । तिनै प्रेमका प्रतिक मार्फत मन पराएको मान्छेलाई आफुतिर आकषिर्त गर्ने प्रयास मान्छेले गर्छ । कतिपयले यस्तै चिज बटुलेर आफ्नो मान्छेलाई सरप्राइज दिन्छन् ।
1
आयरल्याण्डका एक युवकले निकै अद्भुत चिज संगालेर आफुले मन पराएकी केटी साथीसामु प्रेम प्रस्ताव राखे । हंगकंगमा बस्दै आएका पाउल म्याकेन्जीले आफ्नी केटी साथी पभीनालाई प्रेम प्रस्ताव सँगै यस्तो सरप्राइज दिए मानौँ पभीनाले त्यो कल्पना समेत गरेकी थिइनन् ।
2
पाउलले पभीनालाई लिएर केन्याको लोगिपी ताल माथिको आकाशमा शयर गरेका थिए । पभीनाले आकाशको सयरका बेला जहाजबाट बाहिर चियाएर दृश्यावलोकन मात्र गरिन् तर पाउलले भने केही अद्धितीय दृश्यहरु आफ्नो क्यामरामा कैद गरे । उनले उक्त तालमा बसेका हजारौँ जलपंक्षीहरुले बनाएको मुटुको आकृति अर्थात् प्रेमको प्रतिकलाई क्यामरामा कैद गरे । लाइट जहाजमा आकाशमा सयर गर्दा उनले निकै मनमोहक दृश्य कैद गरे । उनले ती मनमोहक र लाक्षणिक अर्थ राख्ने प्रेमको चिनो सहितका तस्वीर उपहार दिँदै पभीनासामु प्रेमको प्रस्ताव र बिहे गर्ने प्रस्ताव सँगै राखे । पभीनाले पनि पाउलको त्यो सिर्जनात्मक दिमागलाई र मायालाई कदर गरिन् र प्रस्ताव स्विकार गरिन् । उनीहरुबीच केही समयअघि विवाह भैसकेको छ । सन् २००१ मा यी दुइबीच भेट भएको थियो । त्यसयता यी दुइ साथीको हैसियतमा धेरै ठाउँ सँगै घुमेका छन् र प्रकृतिको मज्जा लुटेका छन् ।
3
456789

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger