Widgets

Home » , » वृद्धामाथि सामुहिक बलात्कार

वृद्धामाथि सामुहिक बलात्कार

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ भदौ, रौतहट । रौतहटको दक्षिणीभेग पथरावुधराम गाविसका एक वृद्धा महिलामाथि सामुहिक बलात्कार भएको छ । गएराति घर नजिकै शौच गर्न गएकी ५० वर्षीया वृद्धालाई स्थानीय चारजना युवाले कपडाले मुख बाँधेर पालैपालो बलात्कार गरेको बताइएको छ । वृद्धालाई बलात्कारीको पन्जाबाट छुटाउन गएका छोरालाई समेत बलात्कारीहरुले कुटपिट गरी घाइते बनाएका छन् । उनलाई स्थानीय मनोज यादव, सुरेश यादव, रामभजु यादव र कृतन यादवले बलात्कार गरेको बताइएको छ । कुटपिट र बलात्कारबाट घाइते आमाछोराको अहिले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रवीन विष्टले पीडित महिलाको स्वास्थ्य परीक्षण भइसकेको बताउँदै प्रतिवेदन आएपछि मात्र तथ्य पत्ता लाग्ने बताउनुभयो । आरोपी चारैजनाको खोजी भइरहेको छ । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger